कस्तो छ फिल्म ‘दे दे प्यार दे २’को कमाइ ?
काठमाडौँ — बलिउड अभिनेता अजय देवगनको मुख्य भूमिका रहको फिल्म ‘दे दे प्यार दे २’ गत १४ नोभेम्बरमा रिलिज भयो । करिब १०० करोड कुल बजेटकाे यो फिल्मले कतिको व्यापार गर्यो होला ? निर्देशक अंशुल शर्माको निर्देशन रहेको यो फिल्म सात दिनदेखि प्रदर्शनमा छ । सातौँ दिन फिल्मले ३. ०५ करोड कमाइ गर्यो । जुन अघिल्लो दिनको तुलनामा निकै कम हो । फिल्मले पहिलो दिन ८.७५ करोड, दोस्रो दिन १२.२५ करोड, तेस्रो दिन १३.७५ करोड,चौथो दिन४.२५ करोड, पाँचौँ दिन ५.२५ करोड र छैटौँ दिन ३.५ करोड कमाएको थियो ।भारतीय बक्स अफिसमा फिल्मले अहिलेसम्म ५०.८ करोड कमाइसकेको छ। यो फिल्म २०१९ मा आएको ‘दे दे प्यार दे’ को सिक्वेल हो । पहिलो सिक्वेलमा अजय देवगन, रकुल प्रीत सिंह र तब्बू मुख्य भूमिकामा थिए ।









