Bhairahawa Khabar

भैरहवा । माछापुच्छ्रे क्लबको आयोजनामा सञ्चालित ३१औं माछापुछ्रे कप २०८३ अन्तर्गत हिजो जेठ ९ गते सम्पन्न रोमाञ्चक खेलमा भैरव एफ.सी. नवलपरासी विजयी भएको छ । सिद्धार्थनगर नगरपालिका–२ स्थित पक्लिहवा कृषि क्याम्पसको खेलमैदानमा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा भैरव एफ.सी.ले सम्पूर्ण एफ.सी. सुपौलीलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको हो ।

निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टीमार्फत गरिएको थियो । पेनाल्टी सुटआउटमा दुवै टोलीका ५–५ खेलाडी सहभागी भएका थिए । जसमा भैरव एफ.सी.ले ३ गोल गर्न सफल हुँदा सम्पूर्ण एफ.सी. सुपौलीले भने २ गोल मात्र गर्न सक्यो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका भैरव एफ.सी.का जर्सी नम्बर ७७ का खेलाडी विज्ञान गुरुङ दैनिक उत्कृष्ट खेलाडी घोषित भए । उनले नगद १ हजार ५ सय ५ रुपैयाँसहित म्यान अफ द म्याच पुरस्कार प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत आज जेठ १० गते हुने खेलमा योङ्ग ब्वाइज एफ.सी. देवदह र मोन्सटर एफ.सी. सुनवलबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

रोहिणी गाउँपालिकाद्वारा पशुपालक किसानलाई निशुल्क औषधि र घाँसको बिउ वितरण

ऊर्जामन्त्री घिसिङले तलबभत्ता र सुविधा नलिने, बक्यौता रकम उठाउने निर्णय

रुपन्देही–३ को उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द

मर्चवारी गाउँपालिकाको नाम परिवर्तन गरी ‘मर्चवारीमाई गाउँपालिका’, केन्द्र रायपुरबाट खैरा सारियो

क्रोएशियाको ओपुजेनको सुन्तला खेती र बजार

ट्रेन्डडिंग

Scroll to Top