बिशन गुरुङ
भैरहवा । सिद्धार्थनगर नगरपालिका–४, लुम्बिनी रोडस्थित होटल समृद्धिमा बुधबार आयोजित एक कार्यक्रमबीच निर्माणाधीन ‘होटल स्वीट पूर्णिमा’ को व्यवस्थापनका लागि होटल स्वीट पूर्णिमा प्रालि र लर्ड्स प्लाजाबीच औपचारिक सम्झौता भएको छ। सम्झौतापत्रमा होटल स्वीट पूर्णिमा प्रालिका सञ्चालक रामबहादुर थापा तथा लर्ड्स प्लाजाका सहायक उपाध्यक्ष शैलेश नरेन्द्र टेरीले हस्ताक्षर गरेका छन्। कार्यक्रममा शेयर सदस्य वासु बराल, एनएमबी बैंकका एरिया म्यानेजर प्रभात सिंह खाती, शाखा प्रबन्धक नवीनराज पाण्डेलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। करिब ८० हजार वर्गफिट क्षेत्रफलमा निर्माणाधीन होटल स्वीट पूर्णिमामा ९० वटा सुविधा सम्पन्न कोठा, १५ हजार वर्गफिट क्षेत्रफलमा आधुनिक क्यासिनो तथा दुई हजारभन्दा बढी व्यक्तिको सहभागिता रहने विवाह, सम्मेलन र अन्य ठूला कार्यक्रम सञ्चालन गर्न मिल्ने अत्याधुनिक बैंक्वेट हल निर्माण गरिने भएको छ। होटलका फाइनान्सियल कन्सल्टेन्ट केशव बस्यालका अनुसार परियोजनाको कुल लगानी करिब १ अर्ब १२ करोड रुपैयाँ रहनेछ। होटल व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी लर्ड्स प्लाजाले सम्हाल्ने गरी सम्झौता गरिएको हो। निर्माण तथा आवश्यक तयारीका काम तीव्र गतिमा अघि बढिरहेको
बिशन गुरुङ
भैरहवा । सिद्धार्थनगर नगरपालिका–२ स्थित पक्लिहवा कृषि क्याम्पसको खेलमैदानमा माछापुच्छ्रे क्लब को आयोजनामा सञ्चालित ३१औं माछापुछ्रे कप २०८३ अन्तर्गत जेष्ठ १२ गते सम्पन्न फाइनल खेलमा योङ्ग ब्वाइज एफसी, देवदह विजयी हुँदै च्याम्पियन बनेको छ । रोमाञ्चक प्रतिस्पर्धामा योङ्ग ब्वाइज एफसी, देवदहले देवदह ब्वाइज एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । खेल सुरु भएको केही मिनेटमै आक्रामक प्रदर्शन गरेको योङ्ग ब्वाइज एफसीका जर्सी नं. २५ का बिन्देले खेलको ६औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसलगत्तै जर्सी नं. १९ का मुकुन्द निउरेले ७औं मिनेटमा अर्को गोल थप्दै टोलीलाई बलियो अवस्थामा पुर्याए । पहिलो हाफभर दुवै टोलीबीच प्रतिस्पर्धात्मक खेल देखिएको थियो । दोस्रो हाफको १२औं मिनेटमा देवदह ब्वाइज एफसीका जर्सी नं. ३ का आशिष पुनले एक गोल फर्काउँदै खेलमा फर्कने प्रयास गरे पनि थप गोल हुन नसक्दा योङ्ग ब्वाइज एफसी विजयी बन्न सफल भयो । खेलको ३५औं मिनेटमा देवदह ब्वाइज एफसीका जर्सी नं. ५ का