बिशन गुरुङ
भैरहवा । शहर विस्तार हुँदै जाँदा केवल भवन र सडक मात्र होइन, जीवनशैली पनि बदलिन्छ। भैरहवामा अहिले त्यही परिवर्तन स्पष्ट देखिन थालेको छ—जहाँ किनमेल, खानपान र व्यापारसँगै मनोरञ्जनको स्तर पनि नयाँ उचाइमा पुगेको छ। यही परिवर्तनको पछिल्लो उदाहरण बनेको छ सिद्धार्थनगर नगरपालिका–७ स्थित भाटभटेनी सुपरमार्केटको पाँचौं तल्लामा सञ्चालनमा आएको अत्याधुनिक INI Cinemas मल्टिप्लेक्स। बाहिरबाट हेर्दा व्यस्त व्यापारिक भवन, तर भित्र प्रवेश गर्दा भने त्यो स्थान एउटा पूर्ण मनोरञ्जन संसारमा रूपान्तरण हुन्छ। सोमबार एक विशेष समारोहका बीच सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खानले सिनेमाहलको औपचारिक उद्घाटन गरेसँगै भैरहवाको सिनेमा यात्राले नयाँ मोड लिएको छ। लोत्से इन्टरटेन्मेन्ट प्रा.लि.को लगानी र INI Cinemas को व्यवस्थापनमा निर्माण गरिएको यस मल्टिप्लेक्सले अब दर्शकलाई केवल चलचित्र मात्र होइन, अनुभव दिने दाबी गरेको छ। दुई वटा हलमा १९८/१९८ सिट क्षमता सहित निर्माण गरिएको यो संरचना आधुनिक प्रविधि, उच्च गुणस्तरको साउण्ड सिस्टम र आरामदायी वातावरणले सजिएको छ। कार्यक्रममा उपस्थित दर्शक तथा अतिथिहरूले यसलाई “भैरहवाको लागि नयाँ युगको
बिशन गुरुङ
भैरहवा । सिद्धार्थनगर नगरपालिका–४, लुम्बिनी रोडस्थित होटल समृद्धिमा बुधबार आयोजित एक कार्यक्रमबीच निर्माणाधीन ‘होटल स्वीट पूर्णिमा’ को व्यवस्थापनका लागि होटल स्वीट पूर्णिमा प्रालि र लर्ड्स प्लाजाबीच औपचारिक सम्झौता भएको छ। सम्झौतापत्रमा होटल स्वीट पूर्णिमा प्रालिका सञ्चालक रामबहादुर थापा तथा लर्ड्स प्लाजाका सहायक उपाध्यक्ष शैलेश नरेन्द्र टेरीले हस्ताक्षर गरेका छन्। कार्यक्रममा शेयर सदस्य वासु बराल, एनएमबी बैंकका एरिया म्यानेजर प्रभात सिंह खाती, शाखा प्रबन्धक नवीनराज पाण्डेलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। करिब ८० हजार वर्गफिट क्षेत्रफलमा निर्माणाधीन होटल स्वीट पूर्णिमामा ९० वटा सुविधा सम्पन्न कोठा, १५ हजार वर्गफिट क्षेत्रफलमा आधुनिक क्यासिनो तथा दुई हजारभन्दा बढी व्यक्तिको सहभागिता रहने विवाह, सम्मेलन र अन्य ठूला कार्यक्रम सञ्चालन गर्न मिल्ने अत्याधुनिक बैंक्वेट हल निर्माण गरिने भएको छ। होटलका फाइनान्सियल कन्सल्टेन्ट केशव बस्यालका अनुसार परियोजनाको कुल लगानी करिब १ अर्ब १२ करोड रुपैयाँ रहनेछ। होटल व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी लर्ड्स प्लाजाले सम्हाल्ने गरी सम्झौता गरिएको हो। निर्माण तथा आवश्यक तयारीका काम तीव्र गतिमा अघि बढिरहेको