Bhairahawa Khabar

Loading

भैरहवा । रुपन्देही क्षेत्र नम्बर–४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रमोद कुमार यादवले मर्चवार क्षेत्रको समग्र विकासका लागि अहोरात्र खटिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेकपा (एमाले) को तर्फबाट उम्मेदवार रहनुभएका यादवले २५ बुँदे स्थानीय प्रतिबद्धता सार्वजनिक गर्दै मर्चवारलाई विकासको नयाँ दिशामा लैजाने योजना प्रस्तुत गर्नुभएको हो।

मंगलबार सोही क्षेत्रको गुरवनियामा आयोजित पत्रकार सम्मेलनमा उम्मेदवार यादवले आफू पछिल्ला अढाई दशकदेखि मर्चवारको विकास र जनताको सरोकारका विषयमा निरन्तर सक्रिय रहँदै आएको उल्लेख गर्नुभयो। उहाँले विगतको अनुभव, जनतासँगको सम्बन्ध र स्पष्ट कार्ययोजनाका आधारमा मर्चवारको मुहार फेर्ने दाबी गर्नुभयो। कार्यक्रममा नेकपा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले रुपन्देही क्षेत्र नम्बर–४ मा एमाले विजयी हुने बलिया आधारहरू रहेको बताउनुभयो। उहाँले उम्मेदवारको सक्रियता, जनतासँगको नजिकको सम्बन्ध, प्रतिबद्ध मतदाता र एमालेले विगतमा गरेका विकासका कामका कारण यस क्षेत्रमा एमालेप्रति जनविश्वास रहेको धारणा राख्नुभयो।

पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष हितराज पन्थी, उपसचिव सुनिता ठटेर, समरीमाई गाउँपालिकाका पूर्व अध्यक्ष बब्लु शुक्ला, रोहिणी गाउँपालिकाका पूर्व अध्यक्ष सनोज कुमार यादव, एमाले नेता लाला लोध, कृष्ण भुसाल, कमलेश यादव लगायतले मर्चवारको दिगो विकासका लागि सबैको साझा प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो।

एमाले निर्वाचन प्रचार डेस्क क्षेत्र नम्बर–४ का सदस्य विजय यादवको अध्यक्षता तथा अग्रज पत्रकार राजकुमार धवलको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष आरपी आचार्य, रुपन्देही अध्यक्ष दिनेश पाण्डे, लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष दिपेन्द्र बडुवाल, प्रेस चौतारीका केन्द्रीय सदस्यद्वय अमृत गिरी र लक्ष्मण पौडेल, जिल्ला अध्यक्ष भगवती पाण्डे, संसदीय मामिला पत्रकार मञ्च लुम्बिनीका अध्यक्ष घनश्याम गौतम लगायत विभिन्न सञ्चारकर्मी तथा पत्रकार सम्बद्ध संघसंस्थाका प्रमुखहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

😀
0
😍
0
😢
0
😡
1
👍
0
👎
0

भैरहवामा सिनेमा संस्कृतिको नयाँ अध्याय : INI Cinemas ले खोल्यो अन्तर्राष्ट्रिय अनुभवको ढोका

भैरहवामा १ अर्ब १२ करोडको ‘होटल स्वीट पूर्णिमा’ निर्माणाधीन, लर्ड्स प्लाजासँग व्यवस्थापन सम्झौता

योङ्ग ब्वाइज एफसी देवदह च्याम्पियन: ३१औं माछापुछ्रे कप २०८३ को उपाधि २–१ गोल अन्तर

पेनाल्टी सुटआउटमा भैरव एफ.सी.लाई हराउँदै देवदह ब्वाइज एफ.सी. फाइनलमा

पेनाल्टीमा भैरव एफ.सी.को शानदार जित, विज्ञान गुरुङ बने म्यान अफ द म्याच

रोहिणी गाउँपालिकाद्वारा पशुपालक किसानलाई निशुल्क औषधि र घाँसको बिउ वितरण

ऊर्जामन्त्री घिसिङले तलबभत्ता र सुविधा नलिने, बक्यौता रकम उठाउने निर्णय

रुपन्देही–३ को उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द

मर्चवारी गाउँपालिकाको नाम परिवर्तन गरी ‘मर्चवारीमाई गाउँपालिका’, केन्द्र रायपुरबाट खैरा सारियो

क्रोएशियाको ओपुजेनको सुन्तला खेती र बजार

ट्रेन्डडिंग

Scroll to Top