Bhairahawa Khabar

Loading

मर्चवार, मंसिर (नेपाल समाचारपत्र) नेपाल सरकार मन्त्रिपरिषद्को मंसिर २ गते बसेको बैठकले रुपन्देही जिल्लाको मर्चवारी गाउँपालिकाको नाम परिवर्तन गरी ‘मर्चवारीमाई गाउँपालिका’ कायम गर्ने निर्णय गरेको छ। साथै, गाउँपालिकाको प्रशासनिक केन्द्र हालको वडा नम्बर ३ रायपुरबाट वडा नम्बर ४ खैरा सार्ने निर्णय पनि सोही बैठकले गरेको छ।

मन्त्रिपरिषद्को निर्णय नम्बर २४ मा स्पष्ट रूपमा उल्लेख छ– ‘मर्चवारी गाउँपालिका, रुपन्देहीको नाम परिवर्तन गरी मर्चवारीमाई गाउँपालिका र केन्द्र वडा नं. ३ रायपुरबाट परिवर्तन गरी वडा नं. ४ खैरा कायम गर्ने।’

गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले लामो समयदेखि नाम परिवर्तन र स्थायी प्रशासनिक भवन निर्माणका लागि पहल गर्दै आएको बताउनुभयो। उहाँका अनुसार वडा नं. ३ रायपुरमा भवन बनाउन आवश्यक पर्ने सरकारी जग्गा उपलब्ध नहुँदा निर्माण प्रक्रिया वर्षौंदेखि अल्झिएको थियो। त्यसको ठीक उल्टो, वडा नं. ४ खैरामा पर्याप्त जग्गा भए पनि केन्द्र नभएकै कारण भवन निर्माण अघि बढ्न सकेको थिएन।

अध्यक्ष बरईले भन्नुभयो, “म निर्वाचित भएदेखि नै गाउँपालिकाको नाम परिवर्तन र स्थायी भवन निर्माणका लागि निरन्तर दौडधूप गरिरहेको थिएँ। अब मन्त्रिपरिषद्को निर्णयले दुवै कुराको बाटो खुलेको छ। हाल हामी भाडाको भवनबाट प्रशासनिक काम चलाउँदै आएका छौँ। यो निर्णयले अब चाँडै आफ्नै भवनमा सेवा प्रवाह गर्न सक्ने अवस्था बन्छ।”

मर्चवारीमाई गाउँपालिकामा कुल ७ वटा वडाहरू रहेका छन्। नाममा ‘माई’ थपिनुले स्थानीय मर्चवारी माई देवीको सम्मान र पहिचान झल्काउने विश्वास स्थानीयको छ।

सरकारको यो निर्णयसँगै गाउँपालिकाको आधिकारिक नाम र केन्द्र तत्कालै परिवर्तन भई कार्यान्वयनमा आउने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

भैरहवामा सिनेमा संस्कृतिको नयाँ अध्याय : INI Cinemas ले खोल्यो अन्तर्राष्ट्रिय अनुभवको ढोका

भैरहवामा १ अर्ब १२ करोडको ‘होटल स्वीट पूर्णिमा’ निर्माणाधीन, लर्ड्स प्लाजासँग व्यवस्थापन सम्झौता

योङ्ग ब्वाइज एफसी देवदह च्याम्पियन: ३१औं माछापुछ्रे कप २०८३ को उपाधि २–१ गोल अन्तर

पेनाल्टी सुटआउटमा भैरव एफ.सी.लाई हराउँदै देवदह ब्वाइज एफ.सी. फाइनलमा

पेनाल्टीमा भैरव एफ.सी.को शानदार जित, विज्ञान गुरुङ बने म्यान अफ द म्याच

रोहिणी गाउँपालिकाद्वारा पशुपालक किसानलाई निशुल्क औषधि र घाँसको बिउ वितरण

ऊर्जामन्त्री घिसिङले तलबभत्ता र सुविधा नलिने, बक्यौता रकम उठाउने निर्णय

रुपन्देही–३ को उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द

मर्चवारी गाउँपालिकाको नाम परिवर्तन गरी ‘मर्चवारीमाई गाउँपालिका’, केन्द्र रायपुरबाट खैरा सारियो

क्रोएशियाको ओपुजेनको सुन्तला खेती र बजार

ट्रेन्डडिंग

Scroll to Top