Bhairahawa Khabar

भैरहवा । नेकपा एमाले रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका प्रत्यक्षतर्फका उम्मेदवार बासुदेव घिमिरेले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। मङ्गलबार सिद्धार्थनगर–८ स्थित सनस्टार होटलमा आयोजित कार्यक्रममा उनले क्षेत्रको समग्र विकासलाई केन्द्रमा राख्दै आफ्ना प्राथमिकता र योजनाहरू सार्वजनिक गरेका हुन्।

प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा दिगो रूपमा सञ्चालनमा ल्याउने, सडक पूर्वाधारको स्तरोन्नति गर्ने तथा सामुदायिक विद्यालय र क्याम्पसहरूको भौतिक तथा शैक्षिक गुणस्तर सुधार गर्ने मुख्य लक्ष्य रहेको बताएका छन्। शिक्षा, पूर्वाधार र आर्थिक गतिविधिलाई जोड्दै क्षेत्रको विकासलाई तीव्रता दिने उनको भनाइ थियो।

त्यसैगरी सरकारी स्वास्थ्य संस्थाहरूको प्रभावकारिता अभिवृद्धि गर्ने, भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या दीगो रूपमा समाधान गर्ने तथा पछाडि परेका वर्ग तथा समुदायलाई उत्थान गरी मूलप्रवाहीकरण गर्ने योजना पनि उनले अघि सारे। सामाजिक न्याय र समावेशी विकासलाई प्राथमिकतामा राख्दै नीति निर्माण गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

किसानको हितलाई प्राथमिकतामा राख्दै उनले समयमै मलखाद, बिउबिजन, प्राविधिक परामर्श तथा सिँचाइ सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाए। कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउँदै रोजगारी सिर्जना गर्ने तथा समग्र क्षेत्रको सन्तुलित र समन्यायिक विकास सुनिश्चित गर्ने लक्ष्य उनले राखेका छन्।

उम्मेदवार घिमिरेले उम्मेदवारी घोषणा गरेयता जनताबाट प्राप्त सुझाव, भेटघाट र सहभागिता दिनानुदिन बढ्दै गएको उल्लेख गर्दै नेकपा एमाले रुपन्देही क्षेत्र नम्बर ३ मा भारी मतसहित विजयी हुने विश्वास व्यक्त गरे। जनताको आवश्यकतालाई केन्द्रमा राखेर जनमैत्री कानुन निर्माणमा सधैं सक्रिय रहने दृढता व्यक्त गर्दै उनले सिद्धार्थनगरसहित समग्र क्षेत्रको समृद्धिका लागि निरन्तर क्रियाशील रहने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

रोहिणी गाउँपालिकाद्वारा पशुपालक किसानलाई निशुल्क औषधि र घाँसको बिउ वितरण

ऊर्जामन्त्री घिसिङले तलबभत्ता र सुविधा नलिने, बक्यौता रकम उठाउने निर्णय

रुपन्देही–३ को उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द

मर्चवारी गाउँपालिकाको नाम परिवर्तन गरी ‘मर्चवारीमाई गाउँपालिका’, केन्द्र रायपुरबाट खैरा सारियो

क्रोएशियाको ओपुजेनको सुन्तला खेती र बजार

रोहिणी गाउँपालिकाद्वारा पशुपालक किसानलाई निशुल्क औषधि र घाँसको बिउ वितरण

ऊर्जामन्त्री घिसिङले तलबभत्ता र सुविधा नलिने, बक्यौता रकम उठाउने निर्णय

रुपन्देही–३ को उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द

मर्चवारी गाउँपालिकाको नाम परिवर्तन गरी ‘मर्चवारीमाई गाउँपालिका’, केन्द्र रायपुरबाट खैरा सारियो

क्रोएशियाको ओपुजेनको सुन्तला खेती र बजार

ट्रेन्डडिंग

Scroll to Top