Bhairahawa Khabar

Loading

देशका राजनीतिक, संवैधानिक, औद्योगिक र सामाजिक संरचनाजस्तै मिडिया क्षेत्रमा पनि गहिरो समीक्षा, आत्मसमीक्षा र परिमार्जनको आवश्यकता छ । ‘मिस्इन्फर्मेसन’ र ‘डिस्इन्फर्मेसन’ को बाढीले विश्वसनीय, जिम्मेवार र जवाफदेही पत्रकारिताको संवेदनशील भूमिका झन् धेरै आवश्यक छ । यही सन्दर्भमा आलोचना, समालोचना, समीक्षा, सुझावलाई विशेष स्थान दिन कान्तिपुरले बहस–शृंखला आरम्भ गरेको छ । हामी वस्तुनिष्ठ र जिम्मेवार बहसमा सरोकारवाला तथा विज्ञहरूको सहभागिताका लागि प्रतीक्षारत छौं ।

लोचनामुक्त पेसा होइन— पत्रकारिता । यद्यपि, जसरी पत्रकारिता आलोच्य बन्दै छ, त्यो सामान्य छैन । र, यसको कारण पत्ता नलगाई सम्बोधन खोज्न पनि सकिँदैन ।

राज्यका गतिविधिबारे प्रश्न गर्ने पत्रकारितामाथि नै किन प्रश्न उठिरहेको छ ? कतै पत्रकारिताले सत्ता र शासनमा रहेकामाथि प्रश्न उठाउन बिर्संदै गएकाले पत्रकार र प्रेसमाथि प्रश्न उठिरहेको त होइन ? म यहाँ पत्रकारिताप्रति बढ्दो सार्वजनिक आलोचना, त्यसका अर्थ–राजनीतिक आयाम र आलोचना न्यूनीकरणका सम्भावित कदमबारे विमर्श गर्नेछु ।

लोकतन्त्रमा कुनै पनि व्यक्ति, संस्था वा पेसा प्रश्नभन्दा माथि हुँदैन । त्यस्तो अवस्था छ भने त्यहाँ लोकतन्त्र हुँदैन । पत्रकारितालाई लोकतन्त्रको स्तम्भ अर्थात् राज्यको चौथो अंगका रूपमा लिइन्छ । राज्यका अन्य अंगहरूका गतिविधिमाथि प्रश्न उठाउने तथा सत्ता र शक्तिमा भएकालाई जवाफदेही बनाउन भूमिका खेल्ने भएकाले पत्रकारितालाई यो इज्जत दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

😀
0
😍
0
😢
0
😡
1
👍
0
👎
0

भैरहवामा सिनेमा संस्कृतिको नयाँ अध्याय : INI Cinemas ले खोल्यो अन्तर्राष्ट्रिय अनुभवको ढोका

भैरहवामा १ अर्ब १२ करोडको ‘होटल स्वीट पूर्णिमा’ निर्माणाधीन, लर्ड्स प्लाजासँग व्यवस्थापन सम्झौता

योङ्ग ब्वाइज एफसी देवदह च्याम्पियन: ३१औं माछापुछ्रे कप २०८३ को उपाधि २–१ गोल अन्तर

पेनाल्टी सुटआउटमा भैरव एफ.सी.लाई हराउँदै देवदह ब्वाइज एफ.सी. फाइनलमा

पेनाल्टीमा भैरव एफ.सी.को शानदार जित, विज्ञान गुरुङ बने म्यान अफ द म्याच

रोहिणी गाउँपालिकाद्वारा पशुपालक किसानलाई निशुल्क औषधि र घाँसको बिउ वितरण

ऊर्जामन्त्री घिसिङले तलबभत्ता र सुविधा नलिने, बक्यौता रकम उठाउने निर्णय

रुपन्देही–३ को उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द

मर्चवारी गाउँपालिकाको नाम परिवर्तन गरी ‘मर्चवारीमाई गाउँपालिका’, केन्द्र रायपुरबाट खैरा सारियो

क्रोएशियाको ओपुजेनको सुन्तला खेती र बजार

ट्रेन्डडिंग

Scroll to Top