Bhairahawa Khabar

Loading

काठमाडौँ — ५ महिना अघि नै पोस्टर सार्वजनिक भएको फिल्म ‘बाटुलो जून’ को बल्ल छायांकन सुरु भएको छ । अनमोल केसी अभिनित यो फिल्मको निर्देशन भुवन केसीले गर्दैछन् ।

सनराइज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण हुने फिल्मको आजै शुभसाइत गर्दै निर्माण पक्षले फिल्मको छायांकन थाल्यो ।यसअघि अनमोललाई लिएर ‘ड्रिम्स’ बनाएका भुवन १० वर्षपछि फेरि छोरालाई नै राखेर यो फिल्मको निर्देशनमा होमिएका हुन् ।

फिल्ममा अभिनेता अनमोलसँगै कलाकार प्रिन्सी खतिवडा र न्यान्सी खड्काको अभिनय रहनेछ । अन्य कलाकारमा प्रकाश घिमिरे, रेअर राई, दिपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटी, अर्पणा घतानी, विविका पौडेल र कमल देवकोटा छन् ।

ग्रामिण परिवेशमा बन्ने यो फिल्म प्रेमकथामा आधारित रहने बताइएको छ । ४५ दिनमा छायांकन सक्ने योजनासहित हिँडेको निर्माण टोलीले फिल्मलाई काठमाडौ, ढोरपाटन, काभ्रेपलाञ्चोक, चित्लाङ र पोखरामा खिच्नेछन् । सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको पटकथामा बन्ने फिल्मलाई राजेश श्रेष्ठले खिच्नेछन् । फिल्ममा रेनशा वान्तवा राईको कोरियोग्राफी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

भैरहवामा सिनेमा संस्कृतिको नयाँ अध्याय : INI Cinemas ले खोल्यो अन्तर्राष्ट्रिय अनुभवको ढोका

भैरहवामा १ अर्ब १२ करोडको ‘होटल स्वीट पूर्णिमा’ निर्माणाधीन, लर्ड्स प्लाजासँग व्यवस्थापन सम्झौता

योङ्ग ब्वाइज एफसी देवदह च्याम्पियन: ३१औं माछापुछ्रे कप २०८३ को उपाधि २–१ गोल अन्तर

पेनाल्टी सुटआउटमा भैरव एफ.सी.लाई हराउँदै देवदह ब्वाइज एफ.सी. फाइनलमा

पेनाल्टीमा भैरव एफ.सी.को शानदार जित, विज्ञान गुरुङ बने म्यान अफ द म्याच

रोहिणी गाउँपालिकाद्वारा पशुपालक किसानलाई निशुल्क औषधि र घाँसको बिउ वितरण

ऊर्जामन्त्री घिसिङले तलबभत्ता र सुविधा नलिने, बक्यौता रकम उठाउने निर्णय

रुपन्देही–३ को उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द

मर्चवारी गाउँपालिकाको नाम परिवर्तन गरी ‘मर्चवारीमाई गाउँपालिका’, केन्द्र रायपुरबाट खैरा सारियो

क्रोएशियाको ओपुजेनको सुन्तला खेती र बजार

ट्रेन्डडिंग

Scroll to Top