Bhairahawa Khabar

Loading

राष्ट्र बैंकले शुक्रबार दिक्तेलमा आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रममा बोल्दै पौडेलले पहुँच भएकालाई होइन, उद्यमशिलता परियोजनाका आधारमा लगानी गर्नुपर्ने धारणा राखेका हुन् ।

खोटाङ — नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले पहुँचमा पुँजी होइन, पुँजीमा पहुँच विस्तार गर्नुपर्ने बताएका छन् । 

राष्ट्र बैंकले शुक्रबार दिक्तेलमा आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रममा बोल्दै पौडेलले पहुँच भएकालाई होइन, उद्यमशिलता परियोजनाका आधारमा लगानी गर्नुपर्ने धारणा राखेका हुन् । पछाडि परेका समुदाय, सूचनाको पहुँच नभएकाहरूलाई बैंकको स्किमहरू जानकारी गराएर पुँजीमा पहुँच बढाउँदै उनीहरूको जीवनस्तर बढाउनु पर्ने पौडेलले बताएका छन् । यसका लागि राजनीतिकर्मीहरूले समेत उक्त समुदाय तथा वर्गलाई सूचना विस्तार गर्नुपर्ने पौडेलले आग्रह गरे ।

‘पहुँच हुने पोल्टिसियनहरूले आफैं मात्र होइन अन्यलाई पनि स्किमको बारेमा सूचना दिनुपर्छ,’ पौडेलले भने, ‘जो पछाडि पर्नु भएको छ, सूचनामा पनि केही छैन, जो समुदायगत रूपमा पनि पछाडि पर्नु भएको छ, उहाँहरूलाई यो यो स्किम छ, यसबाट आर्थिक अवस्था माथि उक्सन्छ भनेर सूचना दिनु पर्छ ।’

विदेशमा होइन, स्वदेशमै पैसा कमाउन सकिने पौडेलले बताए । यसका लागि बैंकमा धेरै खालको स्किम भएकाले आफूले चाहेअनुसारको स्किम छानेर व्यवसाय गर्न सकिने समेत पौडेलले जनाएका छन् । बैंकबाट ऋण लिएर विदेश जानेभन्दा पनि स्वदेशमै काम गर्नुपर्ने समेत पौडेलको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

भैरहवामा सिनेमा संस्कृतिको नयाँ अध्याय : INI Cinemas ले खोल्यो अन्तर्राष्ट्रिय अनुभवको ढोका

भैरहवामा १ अर्ब १२ करोडको ‘होटल स्वीट पूर्णिमा’ निर्माणाधीन, लर्ड्स प्लाजासँग व्यवस्थापन सम्झौता

योङ्ग ब्वाइज एफसी देवदह च्याम्पियन: ३१औं माछापुछ्रे कप २०८३ को उपाधि २–१ गोल अन्तर

पेनाल्टी सुटआउटमा भैरव एफ.सी.लाई हराउँदै देवदह ब्वाइज एफ.सी. फाइनलमा

पेनाल्टीमा भैरव एफ.सी.को शानदार जित, विज्ञान गुरुङ बने म्यान अफ द म्याच

रोहिणी गाउँपालिकाद्वारा पशुपालक किसानलाई निशुल्क औषधि र घाँसको बिउ वितरण

ऊर्जामन्त्री घिसिङले तलबभत्ता र सुविधा नलिने, बक्यौता रकम उठाउने निर्णय

रुपन्देही–३ को उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द

मर्चवारी गाउँपालिकाको नाम परिवर्तन गरी ‘मर्चवारीमाई गाउँपालिका’, केन्द्र रायपुरबाट खैरा सारियो

क्रोएशियाको ओपुजेनको सुन्तला खेती र बजार

ट्रेन्डडिंग

Scroll to Top