Bhairahawa Khabar

November 2025

राजनीति

सुरु भएन कांग्रेस बैठक, महाधिवेशनको विषय अझै अन्योलमा

राष्ट्रियसभा उम्मेदवार मनोनयनका लागि निर्वाचन आयोगमा सभापति देउवा कि कार्यवाहक सभापति खड्काको नाम पठाउने भन्ने विषय समेत पछिल्लोपटक पेचिलो बन्दै छ ।सभापति शेरबहादुर देउवा पुस मसान्तभित्रको नियमित महाधिवेशनका लागि ‘सर्त’ सहित तयार भएका छन् । पुस मसान्तभित्र नियमित महाधिवेशनको कार्यतालिका ल्याउने तर असोज २९ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर विशेष महाधिवेशन माग गरिएको निवेदन फिर्ता लिनुपर्ने सर्त अघि सारेका छन् । विशेष महाधिवेशन पक्षधरले भने नियमित महाधिवेशन गरेमा स्वतः विशेष महाधिवेशनको माग निस्तेज हुने भन्दै फिर्ता लिन मानिरहेका छैनन् । संस्थापन पक्षले महाधिवेशन गर्ने नियत नभई तालिका मात्रै ल्याएर पन्छाउन खोजेको भन्दै विशेष महाधिवशन पक्षधरहरुले निवेदन फिर्ता गर्ने ससर्त अस्वीकार गर्दै आएका हुन् । यसैमा सहमति नहुँदा बैठक सुरु हुन ढिलाइ भइरहेको छ । पार्टीका अर्का एक पदाधिकारीका अनुसार सहमति नभए पनि राष्ट्रियसभा निर्वाचनका लागि दल दर्तासम्बन्धी निर्णय लिनका लागि एकछिन भए पनि बैठक सुरु हुने बताए । राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने अन्तिम समय मंसिर ७ गते आइतबारसम्मका लागि राखिएको छ ।

राजनीति

निर्वाचनमा जाने कांग्रेसको औपचारिक निर्णय 

वर्तमान राजनीतिक संकटको निकास, संविधानको संरक्षण र जेन-जीका मागलाई संस्थागत रुपमा निर्वाचनबाटै सम्बोधन गर्न सकिने कांग्रेसले ठहर गरेको हो । कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकले वर्तमान राजनीतिक संकटको निकास, संविधानको संरक्षण र जेन-जीले उठाएको मागलाई संस्थागत रुपमा निर्वाचनबाटै सम्बोधन गर्न सकिने ठहर गर्दै निर्वाचनमा जाने निर्णय लिएको हो । त्यस्तै राष्ट्रियसभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णयसमेत गरेको छ । तर, दल दर्ताका लागि पठाइने पत्रमा सभापति शेरबहादुर देउवाकै नाम पठाउने वा कार्यवाहक सभापति पूर्णबहादुर खडको नाम पठाउने भन्नेबारेमा उल्लेख गरिएको छैन । दल दर्ता गर्दा सभापति देउवाकै नाम पठाइएमा पछि टिकट वितरणमा देउवा नै सक्रिय हुने आशंका छ । कांग्रेसले निर्वाचनको वातावरण निर्माण बनाउन आग्रहसमेत गरेको छ । आम नागरिकलाई भयरहित वातावरण बनाउन कांग्रेसले हराइरहेका हतियार र कैदीबन्दीहरुलाई तत्काल नियन्त्रणमा लिनुपर्ने माग गरेको छ ।

समाचार

जेनजी कार्यकर्तासँग प्रचण्डले भने- अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिन्छु

६ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अब युवाहरूलाई नै मुलुकको जिम्मेवारी सुम्पिने बताएका छन् । यो पार्टीले शनिबार तत्कालीन माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा जेनजी कार्यकर्तासँग संवाद कार्यक्रम राखेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अघिल्लो पुस्ताले वैचारिक रुपमा, सांस्कृतिक रुपमा युवा पुस्तालाई गाइडेड गर्ने बताए । ‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो, यो संकल्प हामीले गर्नुपर्छ र नयाँ नेपालको सपना हामीले देख्नुपर्छ,’ प्रचण्डले भने । यो वातावरण बनाउन आफू लागि परेको पनि उनले बताए । नेपालको भविष्यलाई ख्याल गरेर अगाडि बढनुपर्ने, नेपालको विकास र समृद्धिका लागि भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि अगाडि बढ्नुपर्नेमापनि उनको जोड रहेको छ ।

समाचार

‘खुशीको गाउँ’ : पीडाको शिविरभित्र ‘खुशी’ को खोजी

यसै आधारमा व्यक्तिमा सुझबुझ, अर्थ, स्वीकृति, मान्यता, दृष्टिकोण, विवेक, श्रम, क्षमता, इच्छाशक्ति, बाँच्ने शैली, विश्वास, अनुभूति, अनुभव, धारणा, प्रवृत्ति, नेतृत्व, निर्णय, अन्तरक्रिया, व्यवहार र चिन्तनप्रणाली जस्ता जीवनका तमाम आयाम विकास हुन्छन्। जागरण र सचेतना व्यक्तिको गुणसापेक्ष हुने भएकाले जीवन र जगत् सम्बन्धी धारणा सबै मान्छेको समान हुँदैन। यस हिसाबले सबै मनुष्य जागृत (प्रबुद्ध) हुँदैनन्। परिवेशले मनोदशामा जस्तोसुकै प्रभाव छोडे पनि त्यसबाट मुक्त भएर आत्म–अन्तरदृष्टिबाट जीवन जस्तो छ, त्यस्तै भेद गर्न सकिएमा मात्र चेत–चैतन्यको बिम्ब मानव सृष्टि सार्थक हुने ठान्दछु। साहित्य सम्बन्धमा घटनाको प्रत्यक्ष अवलोकनले मस्तिष्कमा गहन प्रभाव पार्दछ। यथार्थमा जस्तो संसार भोग्यो, उस्तै दृष्टि निर्माण हुन्छ। जम्काभेट हुँदा व्यक्तिले विश्वघटनाका विविध आयामलाई कुन गहिराइ र उचाइ, कति आयतन, दायरा र हदसम्म बोध गर्छ; त्यही नै उसको वास्तविक ‘जीवन–विश्व’ हो। साहित्य सौन्दर्य, शृङ्गार र अलङ्कारको खात मात्र होइन। थपमा; यो संसारको ऐतिहासिक पुनरावलोकन र लेखाजोखा, विद्यमान विश्व–चराचरको दर्शन, यथार्थको पूर्वाग्रहरहित चित्रण र तटस्थ उजागर, मौलिक लेखोट वा लेख्य सङ्ग्रह, बोध–अभिव्यक्तिका साथै विज्ञान र मूल्यको संयोजन अनि सम्भाव्य भविष्यको मोटामोटी आकलन र सुनिश्चित जीवन रूपान्तरणको मार्गचित्र पनि हो। साथै, यो ठोस अनुभव, अनुभूति, वेदना, संवेदना, भावना, कल्पना, सन्देह, मनोदशा, मूल्य, धारणा र ज्ञान आदिको बिम्ब हो। कथा, कविता, गीत, नाटक, अभिनय, निबन्ध, उपन्यास, मनोवाद जस्ता आयामलगायत लेख, दस्तावेज र अनुसन्धानबाट प्राप्त तथ्य–विश्लेषण एवं संश्लेषणको निचोड नै साहित्य र आख्यानका रूप–स्थिति हुन्। साहित्यिक आकाश विस्तारित छ। परन्तु, वैज्ञानिक बोधको दर्पण बन्नुपर्नेमा प्रगतिशील र अप्रगतिशीललगायत अनेक कित्तामा साहित्य विभक्त छ। मेरो बुझाइमा, यसरी विभक्त गर्नु सिर्जनामाथिको वक्रदृष्टि र बेइमानी हो। स्रष्टा विचारनिर्माता, सूचना संवाहक र सचेतन सम्प्रेषक हो; तथ्यबाट सत्य बोध गराउने ऐना हो। स्रष्टाले दासता नस्वीकारी स्वतन्त्र भएर सार्वजनिक मञ्चमा खडा हुनुपर्छ। यस अर्थमा आख्यानकारको जीवन चुनौतीपूर्ण हुन्छ। परन्तु, जोखिम मोलेरै भए पनि तथ्य पर्गेल्ने साहित्य आजको आवश्यकता हो। विषय प्रवेश योगवासिष्ठको वैराग्य प्रकरणअनुसार– वैराग्य नभएका हृदयमा दर्शनका मर्मभाव प्रविष्ट गर्न कठिन हुन्छ। मान्छेको सिर्जना–सामर्थ्य पनि वैराग्यपनबाटै प्राप्त हुन्छ। परिस्थितिजन्य सङ्कटको यथानुभव गराउन सक्ने आख्यान त झनै कठोर साधनाबाट मात्र जन्मन्छ। भौतिक रूपमा गुमनाम हुँदा मान्छेका अनुभव, ज्ञान, सामर्थ्य र संस्कृति सबै ओझेलमा पर्न सक्छन्। कतिपय मान्छे ‘नचिनिने गरी उड्ने वस्तु’ (यूएफओ) जस्तै बेलगाम उडिरहेका हुन्छन्। यस्तो वायुपङ्खी बेगयात्रामा अचानक व्यवधान तेर्सियो भने त्यसले उसभित्र कस्तो मानसिक व्याकुलता पैदा गर्ला ? खास समय–स्थान परिवेश, आफू, अरू पात्र–कर्ता, घटना–परिघटना र प्रवृत्तिबारे कहीँकतैबाट बोध गरिएन भने त्यस तथ्यलाई मानसपटलमा उतारेर (दृश्यीकरण गर्दै) एक्लै एकान्तमा ऐनामा आफ्नै अनुहार हेर्दै, आँसु झार्दै भक्कानिएर रुन र मन चङ्गा हुने गरी खित्का छाडेर हाँस्न सक्ने कल्पनाशक्तिका धनकुबेर मात्र उम्दा आख्यानकार बन्छन्। साहित्य यस्तै रुने, हाँस्ने, उड्ने मन र वैराग्यता पैदा गर्ने सिर्जनाको साधन हो। ‘खुशीको गाउँ’ ले पनि धेरैलाई वैरागी बनाउनेछ, उडाउनेछ, रुवाउनेछ र हँसाउनेछ भन्ने मलाई लाग्छ। जीवन रूपान्तरणको निमित्त लेखिसकिएको विषयमा पुनःलेखन गर्नुको कुनै अर्थ हुँदैन। लेखिएको विषयमा बारम्बार लेखिरहेको नाटक गर्नु समयको बर्बादी र पाठकलाई मूर्ख बनाउने चेष्टा गर्नु मात्र हो। अभि सुवेदी (२०७६) का अनुसार– यहाँ साहित्य नलेखिएको र मौन छ। यद्यपि, मौनताले पनि खतरनाक अर्थ बोलिरहेको हुन्छ। आजको दुनियाँमा यथार्थ लेख्नु खतरा मोल्नु हो। नलेखिएको विषय र बोल्न नसक्नेको निम्ति चुनौतीपूर्ण किसिमले लेख्नु सर्जकको दायित्व हो। शरणार्थी र बस्तीबीचको चुनौतीपूर्ण प्रेमिल कथानकले भरिएको ‘खुशीको गाउँ’ नलेखिएका मान्छेको मौनता भङ्ग गर्न लेख्नैपर्ने विषयमा कलात्मक ढङ्गले लेखिएको आख्यान ठान्दछु। डुब्ने ‘कर्ता’ र देख्ने ‘द्रष्टा’ दुवै दृष्टिको सन्तुलित र संयोजित प्रस्तुति अब्बल आख्यानको चरित्र हो। प्रेमलाई केन्द्रीय तत्त्व मान्ने परम्परा भएकोले होला सायद, सर्जकले प्रेमसम्बन्धको आवरणमा शरणार्थी र गाउँले दृष्टि एवं तिनको जीवनकथालाई मार्मिक र करुण शैलीमा पटाक्षेप गर्नुभएको छ। विविध असहजताका कारण मान्छेका मनमा खाँदिएका असीम पीडा, दर्द, चिन्ता, कुण्ठा र रोदन दबाएर आवरणमा बाँच्न सक्ने जीवनको अनावरण गर्न सक्ने आख्यानकारको मनोदशा र सामर्थ्य क्या गज्जब लाग्यो ! रहस्यमा रहेका जीवन र यावत् वास्तविकताको सुबोध्य शैलीमा अनावृत ‘खुशीको गाउँ’ पुस्तक पुनरावलोकन गर्ने अवसर पाएकोमा खुसी लागेको छ। आख्यानका विविध पक्ष–पक्षान्तरबारे मेरा दृष्टिकोण र धारणालाई यहाँ सङ्क्षिप्त रूपमा उल्लेख गरेको छु। शरणार्थी जीवन आख्यानमा– स्वतन्त्रताका लागि आवाज उठाउँदा जिब्रो थुतिएका; आफ्नै माटोमा गरिखाउँ भन्दा सर्वस्व लुटिएका; नेपालीपनकै भेषभूषा, भाषा र धर्म–संस्कृतिमा दरिएका कारण सर्वस्वहरणमा परेका; आफ्नो जिन्दगी र भविष्य नै अनिश्चित भएका; शरण परेर बाँच्नका लागि प्राणको याचना गर्दा समेत मृत्युवरण गर्न बाध्य भएका; दातृसंस्थाले दिएको सातुको भरमा प्राण धानेका; पुस्तौंदेखि रगत–पसिना बगाएको माटो र पहिचान खोसिएर ‘विकलाङ्ग’ बनेको शिविरको मनोदशा पढ्दा मन कटक्क खायो। साथै, बाहिरबाट अर्काको भूमिमा प्रवेश गरेका भोटेहरू कसरी शासक बने? आफ्नो थातथलोमा आफैं शासित बन्नुपर्ने अवस्था कसरी पैदा भयो? के यसको कारण नेतृत्व नै हो? सर्जकले ज्यादै पेचिला प्रश्न उठाउनुभएको छ। पारस्परिक अन्तरसम्बन्ध सर्जकले शिविरको जीवन–अवस्था र रैथानेबीचको न्यानो सम्बन्ध उजागर गर्नुका साथै परिवेशले जुराएको जम्काभेटबाट राधिका र राजेन्द्रबीच मौलाएको प्रेमकथाले आख्यानलाई थप रोचक बनाएको छ। अर्को रोचक पक्ष, उल्टै शरणार्थी पो बस्तीको दाता बनेको कुराले म छक्क परें। यसरी प्रेमको आवरणमा गाउँले बस्ती र शरणार्थीबीचको आत्मीय र परस्पर सम्बन्धको पाटोलाई समेत सूक्ष्म ढङ्गले अनावरण गर्न सक्नु सर्जकको उत्कृष्ट कला हो। प्रेमिल मनोवाद प्रेम सृष्टिको सुन्दरतम सिर्जना हो। प्रेम मीठो अनुभूति हो। प्रेमको रङ, आकार, आयतन र गन्ध केही हुँदैन। प्रेमलाई जात, रङ, भाषा, लिङ्ग, उमेर र भौगोलिक सीमाले प्रभाव पार्दैन। हरेक व्यक्तिले देखेको, सुनेको र भोगेको आधारमा आ–आफ्नो परिभाषा दिए तापनि प्रेमको सर्वमान्य परिभाषा स्थापित छैन। तसर्थ, निस्वार्थ भावले एकअर्कालाई बुझ्नु र महसुस गर्नु नै प्रेम ठान्छु। तर आज प्रेम ‘आइ लभ यू’ शब्दमा सीमित छ। ‘जेन–जी’ नामित पुस्ताको ‘फेसबुकिया’ प्रेमको ‘प्रलाप’ त झनै उराठ र उदेकलाग्दो प्रतीत हुन्छ। प्रेमको सही अर्थ र मूल्य पर्गेल्दै प्रेमसँग गाँसिएको मन र मस्तिष्कबीचको अन्तरद्वन्द्व झल्काउने आख्यानकारको रङ्गीन मनोवाद पनि कम चाखलाग्दो छैन। प्रेमलाई प्रेरणादायी शक्तिश्रोत ठान्दै सर्जक भन्नुहुन्छ: “आफ्नै जीवनसँग प्रेम नहुनेको अर्कासँग झन् के होला? समयसँगै बदलिँदै जाने तर आफू बन्नै नदिने बाह्य परिवेशसँग कसैको केही नलाग्दो रहेछ। प्रकृतिले प्रेम गर्ने मन दिएको छ तर दुनियाँले प्रेम गर्ने छुट दिँदैन। भावनाको थोरै ताप पर्नासाथ पग्लिने प्रेमिल मन र साँचो प्रेममाथि बन्देज लगाएको छ समाजले। प्रेमविहीन पारेर कैयौं जिन्दगीलाई मरुभूमि (रेगिस्तान) बनाइदिएको छ। अब कसलाई सुम्पिने विश्वासको थैलो? कठै! ‘रमाइलो’ भन्ने पनि मनमा पीर नहुँदा मात्र हुने रहेछ। मनभरि ‘चोट’ र ‘पीर’ परेपछि दशैं, तिहार, चाडपर्व पनि खल्लो र निरर्थक लाग्दो रहेछ। प्रेमिल मन र भोक यस्तो अचम्मको हुने रहेछ कि, कैयौं रात भोकै सुते पनि मन बेखुसी छ भने भोक लागेको पत्तै नहुने रहेछ। मन खुसी हुँदा भोक लाग्ने, नहुँदा नखाँदा पनि हुने ! कस्तो हो यो मन र भोक !” यही कारण कैयौं मान्छे सबै कुरा त्यागेर प्रेमीसँगै बाँच्ने आँट गर्दा रहेछन्। प्रेम मनसँग सम्बन्धित छ; दिमाग

समाचार

बाँकेमा अवैध रूपमा भन्सार छली ल्याइएको १४ क्विन्टल केराउ बरामद

भैरहवा, २ मंसिर। जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट अवैध रूपमा भन्सार छली ल्याइएको ठूलो परिमाणको केराउ (मटर) बरामद गरेको छ। प्रहरीले कार्तिक २७ गते नेपालगञ्ज उपमहानगरपालिका–२, खजुरा गाउँपालिका क्षेत्रमा पर्ने गुर्जेपुरा भन्ने स्थानबाट १४ क्विन्टल २१ किलोग्राम केराउ बरामद गरेको थियो। बरामद केराउको अनुमानित मूल्य ५ लाख ७ हजार ७३० रुपैयाँ रहेको प्रहरीले जनाएको छ। उक्त केराउ भारतबाट अवैध बाटो प्रयोग गरी नेपाल भित्र्याइएको र भन्सार छली गरेको खुलेपछि आवश्यक कारबाहीका लागि (आज) २ मंसिर नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए।

समाचार

क्रोएशियाको ओपुजेनको सुन्तला खेती र बजार

ओपुजेन (क्रोएशिया), मंसिर । क्रोएशियाको दक्षिणी तटीय क्षेत्र, विशेषगरी नेरेत्वा उपत्यका सिट्रस फल खेतीका लागि देशकै प्रमुख क्षेत्रका रूपमा परिचित हुँदै गएको छ। यस क्षेत्रमा पर्ने ओपुजेन सहरमा सुन्तला, म्यान्डारिन, र अन्य सिट्रस फलहरूको व्यावसायिक खेतीले यहाँको स्थानीय अर्थतन्त्रमा शक्ति भरेको छ। नेरेत्वा उपत्यकाको उष्ण जलवायु र उपजाउ माटो सिट्रस खेतीका लागि आदर्श मानिन्छ। स्थानीय कृषक समूहहरूका अनुसार, ओपुजेन क्षेत्रमा म्यान्डारिन, सुन्तला, क्लीमेनीन र किवी जस्ता फलहरू उत्पादन भइरहेका छन्। सन् २०२२ मा क्रोएशियाको कुल सुन्तला उत्पादन करिब ६८० टन पुगेको थियो, जुन अघिल्लो वर्षभन्दा करिब २४ प्रतिशतले वृद्धि भएको कृषि तथ्यांकले देखाउँछ। तर, उत्पादन विस्तारका केही चुनौतीहरू पनि छन् — खेतीयोग्य क्षेत्र सीमित हुनु, जलवायु परिवर्तनका कारण अस्थिर मौसम, र उत्पादन लागत बढ्नु प्रमुख समस्या हुन्। ओपुजेनका कृषकहरूले पछिल्ला वर्षहरूमा “प्रत्यक्ष बिक्री मोडेल” अपनाएका छन्, जसले उनीहरूलाई स्थानीय बजारमा उपभोक्तासँग प्रत्यक्ष सम्पर्कको अवसर दिएको छ। यसले कृषकलाई बिचौलियाविहीन रूपमा राम्रो मूल्य पाउने सम्भावना बढाएको छ। तर समस्या पनि कम छैन। सन् २०२३ मा ओपुजेन क्षेत्रमा “Orange Spiny Scale Moth” नामक कीरा फैलिएको हुँदा सिट्रस बोटहरूमा संक्रमण बढाएको छ। साथै, आयातित सिट्रस फलसँगको प्रतिस्पर्धा, सीमित भण्डारण पूर्वाधार र बजार पहुँच अभाव पनि चुनौतीका रूपमा रहेका छन्। ओपुजेन र आसपासका क्षेत्रमा सिट्रस खेती परम्परागत पेशा र आधुनिक व्यवसायको रूप दुवैमा विकसित भइरहेको छ। प्रत्यक्ष बिक्री र स्थानीय ब्रान्ड विकासले कृषकहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुर्‍याइरहेको छ। जलवायु परिवर्तन र नयाँ कीराहरूले उत्पादनमा जोखिम थपिरहेका छन्। युरोपेली बजारमा निर्यातका लागि ब्रान्डिङ्, गुणस्तर मापदण्ड र प्रशोधन प्रविधि सुधार आवश्यक छ। साथै, भण्डारण सुविधा र प्रशोधन उद्योग विस्तारका लागि सरकारी सहयोग र लगानी प्राथमिकता दिनु जरुरी छ। युरोपेली बजारमा निर्यात विस्तार गर्न ब्रान्डिङ् र गुणस्तर प्रमाणीकरण प्रणालीलाई सुदृढ बनाउने आवश्यक देखिन्छ ।

समाचार

मर्चवारी गाउँपालिकाको नाम परिवर्तन गरी ‘मर्चवारीमाई गाउँपालिका’, केन्द्र रायपुरबाट खैरा सारियो

मर्चवार, मंसिर (नेपाल समाचारपत्र) नेपाल सरकार मन्त्रिपरिषद्को मंसिर २ गते बसेको बैठकले रुपन्देही जिल्लाको मर्चवारी गाउँपालिकाको नाम परिवर्तन गरी ‘मर्चवारीमाई गाउँपालिका’ कायम गर्ने निर्णय गरेको छ। साथै, गाउँपालिकाको प्रशासनिक केन्द्र हालको वडा नम्बर ३ रायपुरबाट वडा नम्बर ४ खैरा सार्ने निर्णय पनि सोही बैठकले गरेको छ। मन्त्रिपरिषद्को निर्णय नम्बर २४ मा स्पष्ट रूपमा उल्लेख छ– ‘मर्चवारी गाउँपालिका, रुपन्देहीको नाम परिवर्तन गरी मर्चवारीमाई गाउँपालिका र केन्द्र वडा नं. ३ रायपुरबाट परिवर्तन गरी वडा नं. ४ खैरा कायम गर्ने।’ गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले लामो समयदेखि नाम परिवर्तन र स्थायी प्रशासनिक भवन निर्माणका लागि पहल गर्दै आएको बताउनुभयो। उहाँका अनुसार वडा नं. ३ रायपुरमा भवन बनाउन आवश्यक पर्ने सरकारी जग्गा उपलब्ध नहुँदा निर्माण प्रक्रिया वर्षौंदेखि अल्झिएको थियो। त्यसको ठीक उल्टो, वडा नं. ४ खैरामा पर्याप्त जग्गा भए पनि केन्द्र नभएकै कारण भवन निर्माण अघि बढ्न सकेको थिएन। अध्यक्ष बरईले भन्नुभयो, “म निर्वाचित भएदेखि नै गाउँपालिकाको नाम परिवर्तन र स्थायी भवन निर्माणका लागि निरन्तर दौडधूप गरिरहेको थिएँ। अब मन्त्रिपरिषद्को निर्णयले दुवै कुराको बाटो खुलेको छ। हाल हामी भाडाको भवनबाट प्रशासनिक काम चलाउँदै आएका छौँ। यो निर्णयले अब चाँडै आफ्नै भवनमा सेवा प्रवाह गर्न सक्ने अवस्था बन्छ।” मर्चवारीमाई गाउँपालिकामा कुल ७ वटा वडाहरू रहेका छन्। नाममा ‘माई’ थपिनुले स्थानीय मर्चवारी माई देवीको सम्मान र पहिचान झल्काउने विश्वास स्थानीयको छ। सरकारको यो निर्णयसँगै गाउँपालिकाको आधिकारिक नाम र केन्द्र तत्कालै परिवर्तन भई कार्यान्वयनमा आउने जनाइएको छ।

समाचार

रुपन्देही–३ को उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द

भैरहवा । निर्वाचन आयोगले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द गरेको छ। यो निर्णय राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभालाई विघटन गरी आगामी फागुन २१ गतेका लागि नयाँ प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेपछि भएको हो।निर्वाचन आयोगका अनुसार, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम आगामी कात्तिक १७ गते सोमबार रुपन्देही क्षेत्र नम्बर ३ मा उपनिर्वाचन गर्ने गरी मिति तोकिएको थियो। तर, संसद् विघटनसँगै उपनिर्वाचनको आवश्यकता नरहने हुँदा आयोगले बाँकी सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपतिको कार्यालयबाट प्रतिनिधिसभाको विघटन गरी नयाँ निर्वाचनको मिति घोषणा भएकाले उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द गरिएको छ।”यो घटनाले नेपालको राजनीतिक परिदृश्यमा नयाँ मोड ल्याएको छ।

राजनीति

ऊर्जामन्त्री घिसिङले तलबभत्ता र सुविधा नलिने, बक्यौता रकम उठाउने निर्णय

भैरहवा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफ्नो तलबभत्ता, सुरक्षा तथा अन्य सुविधा नलिने घोषणा गरेका छन्। सोमबार पदभार ग्रहण गरेपछि मन्त्री घिसिङले यो निर्णय सार्वजनिक गरेका हुन्। मन्त्री घिसिङले आफूले प्राप्त गर्ने तलबभत्ता सहिद परिवारको नाममा स्थापित कोषमा जम्मा गर्ने बताए। उनले भने, मेरो तलबभत्ता र सुविधा सहिद परिवारको सहयोगका लागि कोषमा जम्मा हुनेछ। यसका साथै, मन्त्री घिसिङले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम उठाउने महत्त्वपूर्ण निर्णय पनि गरेका छन्। यो कदमले विद्युत प्राधिकरणको आर्थिक स्थिति सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। थप रूपमा, उनले आफूलाई ुमाननीयु सम्बोधन नगर्न समेत सबैलाई आग्रह गरेका छन्। उनको यो कदमले सरकारी सेवामा पारदर्शिता र जनमुखी दृष्टिकोणको सन्देश दिएको छ।

राजनीति

रोहिणी गाउँपालिकाद्वारा पशुपालक किसानलाई निशुल्क औषधि र घाँसको बिउ वितरण

रोहिणी , ७ मंसिर । रुपन्देहीको रोहिणी गाउँपालिकाले पशुपालनमा संलग्न किसानहरूलाई निशुल्क पशु औषधि र हिउँदे बर्सिम जातको घाँसको बिउ वितरण गरेको छ। पशु शाखामार्फत सञ्चालित यो कार्यक्रमले किसानहरूलाई पोसिलो घाँसको आपूर्ति सुनिश्चित गर्दै पशुपालन व्यवसायलाई थप व्यवस्थित र लाभदायक बनाउने लक्ष्य राखेको छ।कार्यक्रमलाई सम्बोधन गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले पालिकाले पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न सहयोगी कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले वडास्तरमा पशु प्राविधिकहरू परिचालन गरी गाउँ-गाउँमै पुगेर पशुको निशुल्क चेकजाँच र उपचारको व्यवस्था मिलाएका छौं। पोसिलो घाँसको बिउ, भिटामिन र जुकाको औषधि वितरण पनि सोही अभियानको एउटा हिस्सा हो।”अध्यक्ष यादवका अनुसार पालिकाले पशुको यकिन संख्या लिएर व्यवसायिक फार्म सञ्चालक तथा साना पशुपालक दुवैलाई यी सामग्री वितरण गरेको छ। वडा नं. १ देखि ७ सम्मका किसानहरू यो सुविधाबाट लाभान्वित भएका छन्।पशु शाखा प्रमुख विनोद ठाकुरले घाँसको अभावले पशुको उत्पादनमा पर्ने असर न्यूनीकरण गर्न र किसानमा पोसिलो घाँसप्रति सचेतना जगाउन बिउ वितरणलाई विशेष महत्त्व दिइएको बताउनुभयो।पालिकाले दूधमा आत्मनिर्भर बनाउने लक्ष्यसहित सचेतना कार्यक्रम, पशु उपचार तालिम र बजार व्यवस्थापनमा पनि जोड दिएको छ। धकधई बजार क्षेत्रमा दूधको माग र खपत राम्रो रहेकाले पछिल्लो समय युवाहरूको आकर्षण पनि बढ्दै गएको अध्यक्ष यादवले जानकारी दिनुभयो।“पशुपालन अब परम्परागत पेशा मात्र होइन, सम्मानजनक र लाभदायक व्यवसाय बन्दैछ। युवाहरूलाई यसतर्फ आकर्षित गर्न पालिका हरसम्भव सहयोग गर्न तयार छ,” अध्यक्ष यादवले भन्नुभयो।यो कार्यक्रमबाट सयौं पशुपालक किसान प्रत्यक्ष लाभान्वित भएका छन् भने गाई-भैंसी र बाख्रा पालनमा लागेका व्यवसायीहरूले पनि पालिकाको सहयोगको प्रशंसा गरेका छन्।

Scroll to Top