Bhairahawa Khabar

नेपालीले लगानी गर्न नसक्ने क्षेत्रमा मात्रै विदेशी लगानी भित्र्याउनुपर्ने उनको भनाइ छ।काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले ‘जेनजी’ प्रदर्शनपछि निजी क्षेत्रले आफ्नो ‘आत्मविश्वास’ गुमाएको बताएका छन्।

समृद्धि फाउन्डेसनको ‘एकसाथ निर्माण: निजी क्षेत्रले नेपालको अर्को अध्यायलाई कसरी हेर्छ?’ भन्ने संवाद–समृद्धि शृङ्खलामा उनले यस्तो बताएका हुन्। ‘विभिन्न आन्दोलनका क्रममा निजी क्षेत्रलाई असर पर्थ्यो, क्षति हुन्थ्यो, तर त्यो त्यही ठाउँमा सीमित हुन्थ्यो,’ श्रेष्ठले भने, ‘तर जेनजी प्रदर्शनका क्रममा व्यक्तिको घर–घरमै पुगेर तोडफोड गरियो।’

सबैभन्दा सुरक्षित मानिने घरमै आक्रमण भएपछि निजी क्षेत्रको आत्मविश्वास गुमेको उनले बताए। ‘जेनजी प्रदर्शन दुई दिन भयो, तेस्रो–चौथो दिन केही नभएजस्तो देखिनु निजी क्षेत्रकै कारण हो,’ उनले भने, ‘जेनजी प्रदर्शनका क्रममा क्षति हुँदा पनि भाटभटेनीका मीनबहादुर गुरूङले “खरानीबाट उठ्छु” भन्नुभएको छ। यसबाट भाग्ने ठाउँ छैन, यहीँबाट अघि बढ्नुपर्छ भन्ने उहाँको धारणा छ।’

प्रदर्शनका क्रममा सरकारी संरचनामा बढी क्षति पुगे पनि सरकारी प्रणाली चलायमान हुन समय लागेको उनले उल्लेख गरे। तर निजी क्षेत्र भने दुई–तीन दिनमै उठेर सफासुग्घर गरी अघि बढिसकेको उनले बताए । निजी क्षेत्रलाई हेर्ने, बुझ्ने र मूल्यांकन गर्ने दृष्टिकोण नै परिवर्तन गर्नुपर्ने उनको जोड थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

रोहिणी गाउँपालिकाद्वारा पशुपालक किसानलाई निशुल्क औषधि र घाँसको बिउ वितरण

ऊर्जामन्त्री घिसिङले तलबभत्ता र सुविधा नलिने, बक्यौता रकम उठाउने निर्णय

रुपन्देही–३ को उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द

मर्चवारी गाउँपालिकाको नाम परिवर्तन गरी ‘मर्चवारीमाई गाउँपालिका’, केन्द्र रायपुरबाट खैरा सारियो

क्रोएशियाको ओपुजेनको सुन्तला खेती र बजार

ट्रेन्डडिंग

Scroll to Top