Bhairahawa Khabar

November 2025

अन्तर्राष्ट्रिय

भैरहवामा शान्ति सद्भाव र्याली सम्पन्न

सिद्धार्थनगर,  २७ भदौ । भैरहवामा आज (शुक्रवार) शान्ति सद्भाव प्रवर्द्धनका लागि एक र्याली सम्पन्न भएको छ। उक्त र्याली बेलहियाबाट सुरु भई भैरहवाको बुद्ध चोकमा समापन भएको हो। भैरहवाका विभिन्न सामाजिक संघ–संस्थाहरूको संयुक्त आयोजनामा सम्पन्न यो कार्यक्रममा स्थानीय समुदायको  सहभागिता रहेको थियो। यो र्याली भदौ २३ गतेदेखि देशव्यापी रूपमा जेन–जी पुस्ताले भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सुरु गरेको आन्दोलनको पृष्ठभूमिमा आयोजित भएको हो। जेन–जी आन्दोलनले देशका विभिन्न भागमा हिंसात्मक घटनाहरू निम्त्याएको र सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुगेको सन्दर्भमा भैरहवाबाट शान्तिको सन्देश प्रवाह गर्न यो र्याली आयोजना गरिएको आयोजकहरूले बताएका छन्।

अन्तर्राष्ट्रिय

भारतीय पत्रकारमाथि भएको आक्रमणको विषयमा लुम्बिनी प्रेस क्लबलाई ज्ञापनपत्र

भैरहवा । महराजगञ्ज जिल्लाका पत्रकारहरूले लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीलाई नेपालका सम्माननीय प्रधानमन्त्रीको नाममा एक ज्ञापनपत्र बुझाएका छन्। यो ज्ञापनपत्र नेपालमा हालै भएको जेनजी आन्दोलनको क्रममा भारतीय पत्रकारहरूमाथि काठमाडौंमा भएको कुटपिट र दुर्व्यवहारको घटनालाई लिएर बुझाइएको हो। भारतीय पत्रकारहरूले समाचार संकलनका क्रममा भएको यो घटनाका दोषीहरूको पहिचान गरी कारबाहीको माग गरेका छन्। ज्ञापनपत्र बुझ्दै लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले यो घटनाले नेपाल र भारतबीचको सम्बन्धमा कुनै असर नपर्ने दृढता व्यक्त गरे। उनले भने, “केही व्यक्तिहरूको गलत कार्यले दुई देशबीचको गहिरो सम्बन्धमा दरार आउन सक्दैन। नेपालको जनताको भारतसँग गहिरो सद्भाव र मित्रता छ र यो सम्बन्ध सधैं बलियो रहनेछ।”

अन्तर्राष्ट्रिय

दशैंमा रुपन्देहीका आकर्षक घुमघाम गर्नै पर्ने गन्तव्यहरु

सिद्धार्थनगर, असोज । नेपालको सबैभन्दा ठूलो चाड दशैंमा रुपन्देही जिल्लाका पर्यटकीय स्थलहरूमा चहलपहल बढ्न थालेको छ।यो वर्ष दशैं ६ असोजदेखि सुरु हुने भएकाले परिवारसहित घुम्नका लागि लुम्बिनी क्षेत्रका प्राकृतिक, धार्मिक र ऐतिहासिक स्थलहरू उपयुक्त गन्तव्य बन्न सक्छन। रुपन्देहीमा अवस्थित यी स्थलहरूले दशैंको रौनकसँगै शान्ति, इतिहास र साहसिक अनुभव प्रदान गर्छन्। लुम्बिनी, बुद्धको माउली देवदाह, गैडहवा ताल, बुटवलको प्राचीन तिलौराकोट, बसन्तपुर हिलको केवलकार र तिलोत्तमाको हरियाली पार्क दशैं अवधिमा पर्यटकहरूका लागि विशेष व्यवस्था गरिएको छ। लुम्बिनीः शान्तिको जन्मभूमि दुनिया भरका बौद्ध अनुयायीहरूको तीर्थस्थल लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो। यो विश्व सम्पदा क्षेत्रमा पर्छ र दशैंमा यहाँको मायादेवी मन्दिर, अशोक स्तम्भ, पुष्करिणी सरोवर र विभिन्न राष्ट्रिय विहारहरूले विशेष आकर्षण सिर्जना गर्छन्। दशैंको समयमा यहाँ विश्व शान्ति पगोडा र थाई, म्यानमार, जापानीज विहारहरूमा विशेष पूजा९अर्चना र सांस्कृतिक कार्यक्रमहरू आयोजना हुने गर्दछन्। पर्यटकहरूले यहाँको हरियाली उद्यानमा पिकनिक गर्दै बुद्धको जीवन दर्शन ग्रहण गर्न सक्छन्। लुम्बिनी विकास कोषका अनुसार, दशैंमा यहाँको पर्यटक संख्या २०५ ले बढ्ने अपेक्षा गरिएको छ।

अन्तर्वार्ता

बिचौलियाको कारण संकटमा भन्सार एजेन्ट

भन्सार एजेन्टहरु पनि अहिले आर्थिक मन्दीको मारमा परेको छन् । नेपाल सरकारले गतवर्ष ६६० नयाँ भन्सार एजेन्ट इजाजत दिइएको थियो । तर काम दिन सकेको छैन । व्यापारमा आयात निर्यात नहँुदा भन्सार सहजिकरण गर्नेहरुलाई पनि समस्या परेको छ । बजारमा आर्थिक मन्दी भएको कारण समस्याहरु निम्तिएको हो । व्यापार, व्यवसाय घटेको अवस्थाले बजार त्यती अनुकुल छैन । बजार अनुकुल नहँुदा सम्म हाम्रो पेशा पनि सहज बन्दैन ।

अन्तर्वार्ता

जेन-जीका नाममा उपद्रव मच्चाउन पाइँदैन : ओली

काठमाडौँ — एमालेले युवाहरुको अर्को संगठन ‘नेसनल भोलेन्टियर्स फोर्स’ घोषणा गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गरेका छन् । शुक्रबार काठमाडौंको एक ब्यांक्वेटमा आयोजित कार्यक्रममा उनले मुलुकलाई अलोकतान्त्रिक बाटोतिर लान खोजे फोर्सले रोक्ने बताए । ‘देशलाई कसैले अलोकतान्त्रिक बाटोमा लान खोज्छ भने, अराजकता मच्याउन खोज्छ, आगजनी-तोडफोड-राक्षसी राज गर्न खोज्छ भने भोलेन्टियर्सले रोक्नेछ,’ ओलीले भने, ‘सरकारले चुनाव चुनाव उच्चारण गरेको छ । सँगसँगै शान्तिपूर्ण भेला हुन नदिने, नेताहरलाई कुनै ठाउँमा जान नदिने, सम्बोधन गर्न नदिने, अधिनायकवादी प्रवृत्ति पनि देखिएको छ ।’ उनले जेनजीका नाममा गतिविधि भएको आरोप लगाए । ‘अराजक गतिविधि नक्कली जेनजीका हुन् । जेनजीका नाममा उपद्रव मच्चाउन पाइँदैन,’ उनले भने, ‘अराजक गतिविधि सरकारले अविलम्ब रोक्नुपर्छ । चुनाव गराउने भन्छ, यस्ता काम गर्छ । कसरी काम गर्छ भन्ने प्रश्न छ ।’

अन्तर्वार्ता

रामकुमारी र किसानलाई विशेष निर्णय गरी महाधिवेशन प्रतिनिधि बनाइएको छ : ओली

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीबाट आएका नेताहरु रामकुमारी झाँक्री र किसान श्रेष्ठलाई विशेष निर्णय गरी महाधिवेशन प्रतिनिधि बनाइएको बताएका छन् ।  नेसनल भोलेन्टियर्स फोर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेकपा एसबाट आएकालाई महाधिवेशन प्रतिनिधि बनाएकामा कोही नभड्किन पनि आग्रह गरे । ‘नेकपा एसबाट फर्केर आएका नेताहरुलाई महाधिवेशन प्रतिनिधि हुने विशेष निर्णय गरेका छौं । एसका कार्यकर्ताहरु महाधिवेशनमा गए भनेर सेन्टिमेन्ट भड्काउने प्रयास हुनेछ । पार्टी मजबुत गराउन सजिलो छैन,’ उनले भने, ‘घाँटी सुकुन्जेल वाम एकता भनेर कराउने देखिएको छ । हामी त्यसरी कराउँदैनौं । परेका बेला हामी जाग्छौं । नाडी, छाती, मस्तिष्क जाँचेर वामपन्थी भनेपछि भित्र्याउँछौं ।’ वामपन्थीबाट पतन भइसकेहरुलाई वामपन्थीको नाममा ठाउँ नहुने पनि ओलीले बताए । ‘काम नगर्ने अन्त, काम गर्नै एमालेमा आउने हो । मैले आह्वान गरेको छु,’ उनले भने ।

अन्तर्वार्ता

सीमा नाकामा पुगेर ट्राफिक सचेतना तथा अन्तरक्रिया गर्दै ट्राफिक प्रहरी

भैरहवा,  साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले नेपाल भारत सीमाक्षेत्र बेलहियामा पुगेर ट्राफिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।सीमाक्षेत्रमा ट्राफिक व्यवस्थापन गर्नका लागि ट्राफिक प्रहरी भन्सार विन्दुमा नै पुगेर सचेतना तथा सरोकारवाला निकाय संग छलफल गरेको हो ।जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही र रुपन्देही भन्सार एजेन्ट संघको सयूक्त आयोजनामा बुधवार ट्राफिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरिएपछि स्थानीयहरुले समेत खुसी व्यक्त गरेका छन् ।लामो समय देखि भन्सार विन्दुमा ट्राफिक व्यवस्थापनमा समस्या आउने गरेको गुनासाहरु आउने गरेपछि ट्राफिक प्रहरीले सर्वपक्षिय छलफल गरेको देखिन्छ ।

अन्तर्वार्ता

लुम्बिनी क्षेत्रमा सडक बत्ती, फोहोर व्यवस्थापन र छाडा चौपायााले पर्यटक र स्थानीयलाई सास्ती

भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रमा सडक बत्ती, फोहोर व्यवस्थापन र छाडा चौपायााले पर्यटक र स्थानीयलाई सास्ती भएको छ ।पर्सा देखि महिलवार र लनकापुर देखि पडरियाको बाटोमा लाखौं रुपैयाँ खर्चेर जडान गरिएका सडक बत्तीहरू वर्षौंदेखि नबलेको, फोहोरको दुर्गन्धले महिलवार क्षेत्र प्रदूषित भएको र छाडा चौपायाको आतंकले पर्यटकहरूलाई असुरक्षा भएको गुनासो बढ्दो छ । यी समस्याहरूको समाधानमा लुम्बिनी सांस्कृतिक नगरपालिकाको लापरबाही पूर्ण रूपमा जिम्मेवार रहेको स्थानीय र पर्यटन व्यवसायीहरूले आरोप लगाएका छन् ।लुम्बिनी सांस्कृतिक नगरपालिकाले पर्सा देखि महिलवार र लंकापुर देखि पडरियाको बाटोमा सडक बत्ती जडानका लागि लाखौं रुपैयाँ खर्च गरेको छ तर, यी बत्तीहरू जडान भएको दुई वर्ष बितिसक्दा पनि सञ्चालनमा नआएको स्थानीयहरु बताएका छन् । “लाखौं खर्चेर पोल ठड्याइयो, तर बिजुली बलेको छैन । रातको समयमा पर्यटकहरूलाई हिँड्न डर लाग्छ र अपराधको जोखिम बढेको छ,” स्थानीयले गुनासो गरेका छन् । रातमा अँध्यारोका कारण पर्यटकहरू बाटोमै विश्राम गर्न बाध्य छन्, जसले लुम्बिनीको अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर परेको छ ।पर्सा चौराहादेखि महिलवार र लंकापुर देखि पडरियाको बाटोमा छाडा चौपायाको आतंकले पर्यटक र स्थानीयलाई हैरानी भएको छ । गाई, बाच्छा र अन्य पशुहरू सडकमा स्वतन्त्र रूपमा हिँडडुल गर्दा बाटो अवरुद्ध हुने र पर्यटकहरूलाई असुरक्षा महसुस हुने गरेको छ । छाडा पशुहरूले सडकमा आतंक मच्चाएका छन् । पर्यटकहरू तर्सिन्छन् र यो विश्व सम्पदास्थलको लागि लज्जास्पद अवस्था हो,” लुम्बिनी पर्यटन व्यवसायीहरुले बताउँछन् ।यसका साथै, यी बाटोहरूमा सवारी साधनको अव्यवस्थित चापले पनि जोखिम बढाएको छ । रातको समयमा बत्ती नहुँदा र छाडा पशुहरूका कारण सवारी दुर्घटनाको सम्भावना उच्च रहेको स्थानीयहरुको भनाई छ । तर, नगरपालिकाले यी समस्याहरू समाधान गर्न कुनै प्रभावकारी कदम नचालेको गुनासो छ ।फोहोर व्यवस्थापनका लागि नगरपालिकाले लाखौं रुपैयाँ बजेट विनियोजन गरेको हुन्छ तर, महिलवार क्षेत्रमा फोहोरको थुप्रो र दुर्गन्धले पर्यटकहरूले असुविधा बेहोर्नुपरेको छ । “भगवान बुद्धको जन्मस्थलमा यस्तो फोहोर र दुर्गन्धले पर्यटकहरू निराश हुन्छन् । फोहोर व्यवस्थापनको लागि खर्च भएको बजेट कहाँ गयो, कसैलाई थाहा छैन,” स्थानीय बासिन्दाहरुलाई संका लागेको छ ।

अन्तर्वार्ता, विचार

प्रतिनिधि सभा विघटनपछि सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीको रूपमा नियुक्त

भैरहवा,  – नेपालको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन देखिएको छ। जेन–जेड आन्दोलनको दबाब र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि प्रतिनिधि सभा विघटनको निर्णय भएको एक दिनमै नेकपा (माओवादी केन्द्र) देशको पहिलो ठूलो दल बन्न सफल भएको छ। विघटनपछि बाँकी सांसदहरूको आधारमा माओवादी केन्द्रका १७ जना सांसदहरूले पहिलो स्थान हासिल गरेका छन्। यो विकासले नेपालको राजनीतिमा नयाँ अध्याय सुरु गरेको छ। विघटनअघि नेकपा (एमाले) र नेपाली कांग्रेसबीच सत्ताको घमासान चलिरहेको थियो, तर आन्दोलनको चर्को दबाबले ओली सरकार ढलेको हो। अब बाँकी सांसदहरूको हिसाबले नेपाली कांग्रेस १६ सांसदसहित दोस्रो, नेकपा (एमाले) १० सांसदसहित तेस्रो र जनता समाजवादी पार्टी (जसपा) वा एकीकृत समाजवादी पार्टी ८ सांसदसहित चौथो स्थानमा रहेको छ। नेपालमा भड्किएको जेन–जेड आन्दोलनले भ्रष्टाचार, आर्थिक संकट र सामाजिक सञ्जालमा प्रतिबन्ध जस्ता मुद्दामा सरकारविरुद्ध चर्को विरोध गरेको थियो। आन्दोलनमा युवाहरूको ठूलो सहभागिता थियो, जसले काठमाडौं लगायतका सहरहरूमा हिंसात्मक प्रदर्शनहरू निम्त्यायो। प्रदर्शनकारीहरूले सरकारी भवनहरूमा आगो लगाउने र नेताहरूका घरहरूमा आक्रमण गर्ने गरेका थिए। यस घटनाक्रममा कम्तीमा २२ जनाको ज्यान गएको थियो। प्रधानमन्त्री ओलीले मङ्गलबार राजीनामा दिएपछि नेपाल सेनाले सडकहरूमा नियन्त्रण कायम गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ६१ बमोजिम प्रतिनिधि सभा विघटन गरी अन्तरिम सरकार गठनको प्रक्रिया अघि बढाएकी छन्। यसबीच, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीको रूपमा नियुक्ति दिइएको छ, जसले शपथ ग्रहण गरी सरकारको नेतृत्व गर्ने अपेक्षा गरिएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो अवस्थालाई स्वागत गर्दै पार्टीको नेतृत्वमा नयाँ स्थिरता आउने बताएका छन्। उनले भदौ २५ गतेको एउटा बयानमा भनेका थिए, “यो विघटनले जनताको आवाजलाई सम्मान गरेको छ। हामीले अब नयाँ निर्वाचन र सुधारको लागि प्रतिबद्धता जनाउँछौं।”

अन्तर्वार्ता

भैरहवामा मङ्सिर ३ देखि सातौं लुम्बिनी महोत्सव

रोहिणी, १२ कार्तिक । उद्योग व्यापार सङ्गठन रूपन्देहीको आयोजनामा भैरहवामा सातौं लुम्बिनी महोत्सव मङ्सिर ३ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने भएको छ। ‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवर्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवले स्थानीय उत्पादनको प्रवर्धन, पर्यटन विकास र मनोरञ्जनलाई प्राथमिकता दिएको छ। सङ्गठनका अध्यक्ष सचिन रोक्काले पत्रकार सम्मेलनमा जानकारी दिँदै विगतका महोत्सवको तुलनामा यस वर्ष दर्शकलाई आकर्षित गर्न समयानुकूल नवीन कार्यक्रम समावेश गरिएको बताए। “स्थानीयदेखि राष्ट्रियस्तरका कलाकारहरूको गीत–सङ्गीतले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछ,” उनले भने। महोत्सवको सबैभन्दा ठूलो आकर्षण भियतनामबाट आमन्त्रित महिलाहरूको जलपरी प्रदर्शन रहनेछ। जलपरीको पोशाकमा पानीभित्र रहेर दर्शकलाई मनोरञ्जन दिने यो प्रदर्शनले महोत्सवलाई अन्तर्राष्ट्रिय स्वाद दिनेछ। त्यसैगरी कृषि प्रदर्शनी र फिस टनेल पनि दर्शकको रोजाइ बन्ने आयोजकको विश्वास छ। “सबैको सहयोग र उपस्थितिले महोत्सव सफल बनाउन अपरिहार्य छ,” अध्यक्ष रोक्काले आग्रह गरे। महोत्सवका उद्देश्यहरूमा अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने, उद्योग–व्यापारको प्रोत्साहन, लुम्बिनी क्षेत्रलाई पर्यटकीय हबका रूपमा विकास गर्ने, कृषि क्षेत्रको आधुनिकरण, हस्तकलाको बजार विस्तार, रोजगारी सिर्जना, लुम्बिनी–देवदह–तिलौराकोट–रामग्रामजस्ता पर्यटकीय स्थलको प्रचार–प्रसार र कम लागतमा उत्पादन वृद्धिका लागि नयाँ प्रविधिको जानकारी प्रवाह रहेका छन्। महोत्सवमा स्थानीय तथा राष्ट्रिय नेपाली, थारु र भोजपुरी भाषी कलाकारहरूको प्रस्तुति रहनेछ। सङ्गठनकी महासचिव लक्ष्मी अधिकारीले भनिन्, “कलाकारहरूको बेजोड प्रस्तुतिले मेलाको रौनक अर्कै हुनेछ।” सङ्गठनका वरिष्ठ उपाध्यक्ष राम मिलन यादवले स्थानीय तहमा ‘एक पालिका, एक उत्पादन’ नीति प्रभावकारी नभएको गुनासो गरे। उनले पालिकाको पहिचान झल्कने उत्पादनको प्रवर्धनमा पहल नभएको बताए। महोत्सवमा २५० स्टल रहनेछन् र सिद्धार्थ नगरपालिका वडा नं. ८, अञ्चलपुरमा आयोजना हुनेछ। अनुमानित खर्च १ करोड ३२ लाख रहेको आयोजकले जनाएको छ। महोत्सवले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने र स्वदेशी उत्पादनको सम्मान बढाउने अपेक्षा गरिएको छ।

Scroll to Top