Bhairahawa Khabar

सिद्धार्थनगर, असोज । नेपालको सबैभन्दा ठूलो चाड दशैंमा रुपन्देही जिल्लाका पर्यटकीय स्थलहरूमा चहलपहल बढ्न थालेको छ।
यो वर्ष दशैं ६ असोजदेखि सुरु हुने भएकाले परिवारसहित घुम्नका लागि लुम्बिनी क्षेत्रका प्राकृतिक, धार्मिक र ऐतिहासिक स्थलहरू उपयुक्त गन्तव्य बन्न सक्छन। रुपन्देहीमा अवस्थित यी स्थलहरूले दशैंको रौनकसँगै शान्ति, इतिहास र साहसिक अनुभव प्रदान गर्छन्। लुम्बिनी, बुद्धको माउली देवदाह, गैडहवा ताल, बुटवलको प्राचीन तिलौराकोट, बसन्तपुर हिलको केवलकार र तिलोत्तमाको हरियाली पार्क दशैं अवधिमा पर्यटकहरूका लागि विशेष व्यवस्था गरिएको छ।

लुम्बिनीः शान्तिको जन्मभूमि दुनिया भरका बौद्ध अनुयायीहरूको तीर्थस्थल लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो। यो विश्व सम्पदा क्षेत्रमा पर्छ र दशैंमा यहाँको मायादेवी मन्दिर, अशोक स्तम्भ, पुष्करिणी सरोवर र विभिन्न राष्ट्रिय विहारहरूले विशेष आकर्षण सिर्जना गर्छन्। दशैंको समयमा यहाँ विश्व शान्ति पगोडा र थाई, म्यानमार, जापानीज विहारहरूमा विशेष पूजा९अर्चना र सांस्कृतिक कार्यक्रमहरू आयोजना हुने गर्दछन्। पर्यटकहरूले यहाँको हरियाली उद्यानमा पिकनिक गर्दै बुद्धको जीवन दर्शन ग्रहण गर्न सक्छन्। लुम्बिनी विकास कोषका अनुसार, दशैंमा यहाँको पर्यटक संख्या २०५ ले बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

रोहिणी गाउँपालिकाद्वारा पशुपालक किसानलाई निशुल्क औषधि र घाँसको बिउ वितरण

ऊर्जामन्त्री घिसिङले तलबभत्ता र सुविधा नलिने, बक्यौता रकम उठाउने निर्णय

रुपन्देही–३ को उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द

मर्चवारी गाउँपालिकाको नाम परिवर्तन गरी ‘मर्चवारीमाई गाउँपालिका’, केन्द्र रायपुरबाट खैरा सारियो

क्रोएशियाको ओपुजेनको सुन्तला खेती र बजार

ट्रेन्डडिंग

Scroll to Top