Bhairahawa Khabar

Author name: Bhairahawa Khabar

अन्तर्राष्ट्रिय

लुम्बिनीमा मनाइयो ११५ओेेेैं अन्तर्राष्ट्रिय महिला दिवस

Loading

लुम्बिनी, फागुन  ।  लुम्बिनीमा ११५ओेेेैं अन्तर्राष्ट्रिय महिला दिवस  मनाइएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिकाे आयोजना र सेतो गुराँस बाल विकास सेवा रुपन्देही समन्वयमा एक कार्यक्रमको गरी ११५ओैं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । लैङ्गकि हिंसा न्यूनीकरण एवं महिला अधिकार सम्बन्धि अभिमुखकरण कार्यक्रम नगरपालिकाकाे सभा हलमा सम्पन्न भएकाे थियाे । कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख विनिता शाहले स्वागत गर्नु भएको थियाे साथै निर्वमान  प्रमुख प्रशासकीय अधिकृत केवश प्रसाद ब्यानर बाचन गरि कार्यक्रम शुभारम्भ भएकाे थियाे।

अन्तर्राष्ट्रिय

भैरहवा ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियो द्वारा सौन्दर्य सशक्तिकरण योजना कार्यक्रम

Loading

सिद्धार्थनगर, २७ वैशाख।भैरहवा ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा सौन्दर्य सशक्तिकरण योजना कार्यक्रम सम्पन्न भएको छ । शनिवार (आज) ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोले एक कार्यक्रमको आयोजना गरी सौन्दर्य सशक्तिकरण योजना कार्यक्रम गरेको हो। ” सीप सिकौं, स्वाभिमानी बनौँ” भन्ने मूल नाराका साथ एकेडेमीले कार्यक्रम सञ्चालन गरेको हो। विश्व बजारमा सौन्दर्य जस्तै नेपालमा पनि व्युटीपार्लरको माग बढ्दै गएको कार्यक्रमका अध्यक्ष नैना गुरुङ्गको भनाई छ। सौन्दर्य व्युटीपार्लरले विशेष गरी महिला दिदीबहिनीहरुलाई आन्तनिर्भर बन्नका लागि सहयोग गरेको छ । यो व्यवसाय हिजोआज नेपालमा एक सफल व्यवसायको रुपमा विकास हुंदै गइरहेको छ ।

अन्तर्राष्ट्रिय

भैरहवामा शान्ति सद्भाव र्याली सम्पन्न

Loading

सिद्धार्थनगर,  २७ भदौ । भैरहवामा आज (शुक्रवार) शान्ति सद्भाव प्रवर्द्धनका लागि एक र्याली सम्पन्न भएको छ। उक्त र्याली बेलहियाबाट सुरु भई भैरहवाको बुद्ध चोकमा समापन भएको हो। भैरहवाका विभिन्न सामाजिक संघ–संस्थाहरूको संयुक्त आयोजनामा सम्पन्न यो कार्यक्रममा स्थानीय समुदायको  सहभागिता रहेको थियो। यो र्याली भदौ २३ गतेदेखि देशव्यापी रूपमा जेन–जी पुस्ताले भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सुरु गरेको आन्दोलनको पृष्ठभूमिमा आयोजित भएको हो। जेन–जी आन्दोलनले देशका विभिन्न भागमा हिंसात्मक घटनाहरू निम्त्याएको र सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुगेको सन्दर्भमा भैरहवाबाट शान्तिको सन्देश प्रवाह गर्न यो र्याली आयोजना गरिएको आयोजकहरूले बताएका छन्।

अन्तर्राष्ट्रिय

भारतीय पत्रकारमाथि भएको आक्रमणको विषयमा लुम्बिनी प्रेस क्लबलाई ज्ञापनपत्र

Loading

भैरहवा । महराजगञ्ज जिल्लाका पत्रकारहरूले लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीलाई नेपालका सम्माननीय प्रधानमन्त्रीको नाममा एक ज्ञापनपत्र बुझाएका छन्। यो ज्ञापनपत्र नेपालमा हालै भएको जेनजी आन्दोलनको क्रममा भारतीय पत्रकारहरूमाथि काठमाडौंमा भएको कुटपिट र दुर्व्यवहारको घटनालाई लिएर बुझाइएको हो। भारतीय पत्रकारहरूले समाचार संकलनका क्रममा भएको यो घटनाका दोषीहरूको पहिचान गरी कारबाहीको माग गरेका छन्। ज्ञापनपत्र बुझ्दै लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले यो घटनाले नेपाल र भारतबीचको सम्बन्धमा कुनै असर नपर्ने दृढता व्यक्त गरे। उनले भने, “केही व्यक्तिहरूको गलत कार्यले दुई देशबीचको गहिरो सम्बन्धमा दरार आउन सक्दैन। नेपालको जनताको भारतसँग गहिरो सद्भाव र मित्रता छ र यो सम्बन्ध सधैं बलियो रहनेछ।”

अन्तर्राष्ट्रिय

दशैंमा रुपन्देहीका आकर्षक घुमघाम गर्नै पर्ने गन्तव्यहरु

Loading

सिद्धार्थनगर, असोज । नेपालको सबैभन्दा ठूलो चाड दशैंमा रुपन्देही जिल्लाका पर्यटकीय स्थलहरूमा चहलपहल बढ्न थालेको छ।यो वर्ष दशैं ६ असोजदेखि सुरु हुने भएकाले परिवारसहित घुम्नका लागि लुम्बिनी क्षेत्रका प्राकृतिक, धार्मिक र ऐतिहासिक स्थलहरू उपयुक्त गन्तव्य बन्न सक्छन। रुपन्देहीमा अवस्थित यी स्थलहरूले दशैंको रौनकसँगै शान्ति, इतिहास र साहसिक अनुभव प्रदान गर्छन्। लुम्बिनी, बुद्धको माउली देवदाह, गैडहवा ताल, बुटवलको प्राचीन तिलौराकोट, बसन्तपुर हिलको केवलकार र तिलोत्तमाको हरियाली पार्क दशैं अवधिमा पर्यटकहरूका लागि विशेष व्यवस्था गरिएको छ। लुम्बिनीः शान्तिको जन्मभूमि दुनिया भरका बौद्ध अनुयायीहरूको तीर्थस्थल लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो। यो विश्व सम्पदा क्षेत्रमा पर्छ र दशैंमा यहाँको मायादेवी मन्दिर, अशोक स्तम्भ, पुष्करिणी सरोवर र विभिन्न राष्ट्रिय विहारहरूले विशेष आकर्षण सिर्जना गर्छन्। दशैंको समयमा यहाँ विश्व शान्ति पगोडा र थाई, म्यानमार, जापानीज विहारहरूमा विशेष पूजा९अर्चना र सांस्कृतिक कार्यक्रमहरू आयोजना हुने गर्दछन्। पर्यटकहरूले यहाँको हरियाली उद्यानमा पिकनिक गर्दै बुद्धको जीवन दर्शन ग्रहण गर्न सक्छन्। लुम्बिनी विकास कोषका अनुसार, दशैंमा यहाँको पर्यटक संख्या २०५ ले बढ्ने अपेक्षा गरिएको छ।

अन्तर्वार्ता

बिचौलियाको कारण संकटमा भन्सार एजेन्ट

Loading

भन्सार एजेन्टहरु पनि अहिले आर्थिक मन्दीको मारमा परेको छन् । नेपाल सरकारले गतवर्ष ६६० नयाँ भन्सार एजेन्ट इजाजत दिइएको थियो । तर काम दिन सकेको छैन । व्यापारमा आयात निर्यात नहँुदा भन्सार सहजिकरण गर्नेहरुलाई पनि समस्या परेको छ । बजारमा आर्थिक मन्दी भएको कारण समस्याहरु निम्तिएको हो । व्यापार, व्यवसाय घटेको अवस्थाले बजार त्यती अनुकुल छैन । बजार अनुकुल नहँुदा सम्म हाम्रो पेशा पनि सहज बन्दैन ।

अन्तर्वार्ता

जेन-जीका नाममा उपद्रव मच्चाउन पाइँदैन : ओली

Loading

काठमाडौँ — एमालेले युवाहरुको अर्को संगठन ‘नेसनल भोलेन्टियर्स फोर्स’ घोषणा गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गरेका छन् । शुक्रबार काठमाडौंको एक ब्यांक्वेटमा आयोजित कार्यक्रममा उनले मुलुकलाई अलोकतान्त्रिक बाटोतिर लान खोजे फोर्सले रोक्ने बताए । ‘देशलाई कसैले अलोकतान्त्रिक बाटोमा लान खोज्छ भने, अराजकता मच्याउन खोज्छ, आगजनी-तोडफोड-राक्षसी राज गर्न खोज्छ भने भोलेन्टियर्सले रोक्नेछ,’ ओलीले भने, ‘सरकारले चुनाव चुनाव उच्चारण गरेको छ । सँगसँगै शान्तिपूर्ण भेला हुन नदिने, नेताहरलाई कुनै ठाउँमा जान नदिने, सम्बोधन गर्न नदिने, अधिनायकवादी प्रवृत्ति पनि देखिएको छ ।’ उनले जेनजीका नाममा गतिविधि भएको आरोप लगाए । ‘अराजक गतिविधि नक्कली जेनजीका हुन् । जेनजीका नाममा उपद्रव मच्चाउन पाइँदैन,’ उनले भने, ‘अराजक गतिविधि सरकारले अविलम्ब रोक्नुपर्छ । चुनाव गराउने भन्छ, यस्ता काम गर्छ । कसरी काम गर्छ भन्ने प्रश्न छ ।’

अन्तर्वार्ता

रामकुमारी र किसानलाई विशेष निर्णय गरी महाधिवेशन प्रतिनिधि बनाइएको छ : ओली

Loading

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीबाट आएका नेताहरु रामकुमारी झाँक्री र किसान श्रेष्ठलाई विशेष निर्णय गरी महाधिवेशन प्रतिनिधि बनाइएको बताएका छन् ।  नेसनल भोलेन्टियर्स फोर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेकपा एसबाट आएकालाई महाधिवेशन प्रतिनिधि बनाएकामा कोही नभड्किन पनि आग्रह गरे । ‘नेकपा एसबाट फर्केर आएका नेताहरुलाई महाधिवेशन प्रतिनिधि हुने विशेष निर्णय गरेका छौं । एसका कार्यकर्ताहरु महाधिवेशनमा गए भनेर सेन्टिमेन्ट भड्काउने प्रयास हुनेछ । पार्टी मजबुत गराउन सजिलो छैन,’ उनले भने, ‘घाँटी सुकुन्जेल वाम एकता भनेर कराउने देखिएको छ । हामी त्यसरी कराउँदैनौं । परेका बेला हामी जाग्छौं । नाडी, छाती, मस्तिष्क जाँचेर वामपन्थी भनेपछि भित्र्याउँछौं ।’ वामपन्थीबाट पतन भइसकेहरुलाई वामपन्थीको नाममा ठाउँ नहुने पनि ओलीले बताए । ‘काम नगर्ने अन्त, काम गर्नै एमालेमा आउने हो । मैले आह्वान गरेको छु,’ उनले भने ।

अन्तर्वार्ता

सीमा नाकामा पुगेर ट्राफिक सचेतना तथा अन्तरक्रिया गर्दै ट्राफिक प्रहरी

Loading

भैरहवा,  साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले नेपाल भारत सीमाक्षेत्र बेलहियामा पुगेर ट्राफिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।सीमाक्षेत्रमा ट्राफिक व्यवस्थापन गर्नका लागि ट्राफिक प्रहरी भन्सार विन्दुमा नै पुगेर सचेतना तथा सरोकारवाला निकाय संग छलफल गरेको हो ।जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही र रुपन्देही भन्सार एजेन्ट संघको सयूक्त आयोजनामा बुधवार ट्राफिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरिएपछि स्थानीयहरुले समेत खुसी व्यक्त गरेका छन् ।लामो समय देखि भन्सार विन्दुमा ट्राफिक व्यवस्थापनमा समस्या आउने गरेको गुनासाहरु आउने गरेपछि ट्राफिक प्रहरीले सर्वपक्षिय छलफल गरेको देखिन्छ ।

अन्तर्वार्ता

लुम्बिनी क्षेत्रमा सडक बत्ती, फोहोर व्यवस्थापन र छाडा चौपायााले पर्यटक र स्थानीयलाई सास्ती

Loading

भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रमा सडक बत्ती, फोहोर व्यवस्थापन र छाडा चौपायााले पर्यटक र स्थानीयलाई सास्ती भएको छ ।पर्सा देखि महिलवार र लनकापुर देखि पडरियाको बाटोमा लाखौं रुपैयाँ खर्चेर जडान गरिएका सडक बत्तीहरू वर्षौंदेखि नबलेको, फोहोरको दुर्गन्धले महिलवार क्षेत्र प्रदूषित भएको र छाडा चौपायाको आतंकले पर्यटकहरूलाई असुरक्षा भएको गुनासो बढ्दो छ । यी समस्याहरूको समाधानमा लुम्बिनी सांस्कृतिक नगरपालिकाको लापरबाही पूर्ण रूपमा जिम्मेवार रहेको स्थानीय र पर्यटन व्यवसायीहरूले आरोप लगाएका छन् ।लुम्बिनी सांस्कृतिक नगरपालिकाले पर्सा देखि महिलवार र लंकापुर देखि पडरियाको बाटोमा सडक बत्ती जडानका लागि लाखौं रुपैयाँ खर्च गरेको छ तर, यी बत्तीहरू जडान भएको दुई वर्ष बितिसक्दा पनि सञ्चालनमा नआएको स्थानीयहरु बताएका छन् । “लाखौं खर्चेर पोल ठड्याइयो, तर बिजुली बलेको छैन । रातको समयमा पर्यटकहरूलाई हिँड्न डर लाग्छ र अपराधको जोखिम बढेको छ,” स्थानीयले गुनासो गरेका छन् । रातमा अँध्यारोका कारण पर्यटकहरू बाटोमै विश्राम गर्न बाध्य छन्, जसले लुम्बिनीको अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर परेको छ ।पर्सा चौराहादेखि महिलवार र लंकापुर देखि पडरियाको बाटोमा छाडा चौपायाको आतंकले पर्यटक र स्थानीयलाई हैरानी भएको छ । गाई, बाच्छा र अन्य पशुहरू सडकमा स्वतन्त्र रूपमा हिँडडुल गर्दा बाटो अवरुद्ध हुने र पर्यटकहरूलाई असुरक्षा महसुस हुने गरेको छ । छाडा पशुहरूले सडकमा आतंक मच्चाएका छन् । पर्यटकहरू तर्सिन्छन् र यो विश्व सम्पदास्थलको लागि लज्जास्पद अवस्था हो,” लुम्बिनी पर्यटन व्यवसायीहरुले बताउँछन् ।यसका साथै, यी बाटोहरूमा सवारी साधनको अव्यवस्थित चापले पनि जोखिम बढाएको छ । रातको समयमा बत्ती नहुँदा र छाडा पशुहरूका कारण सवारी दुर्घटनाको सम्भावना उच्च रहेको स्थानीयहरुको भनाई छ । तर, नगरपालिकाले यी समस्याहरू समाधान गर्न कुनै प्रभावकारी कदम नचालेको गुनासो छ ।फोहोर व्यवस्थापनका लागि नगरपालिकाले लाखौं रुपैयाँ बजेट विनियोजन गरेको हुन्छ तर, महिलवार क्षेत्रमा फोहोरको थुप्रो र दुर्गन्धले पर्यटकहरूले असुविधा बेहोर्नुपरेको छ । “भगवान बुद्धको जन्मस्थलमा यस्तो फोहोर र दुर्गन्धले पर्यटकहरू निराश हुन्छन् । फोहोर व्यवस्थापनको लागि खर्च भएको बजेट कहाँ गयो, कसैलाई थाहा छैन,” स्थानीय बासिन्दाहरुलाई संका लागेको छ ।

Scroll to Top