Bhairahawa Khabar

Author name: Bhairahawa Khabar

अन्तर्वार्ता, विचार

प्रतिनिधि सभा विघटनपछि सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीको रूपमा नियुक्त

Loading

भैरहवा,  – नेपालको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन देखिएको छ। जेन–जेड आन्दोलनको दबाब र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि प्रतिनिधि सभा विघटनको निर्णय भएको एक दिनमै नेकपा (माओवादी केन्द्र) देशको पहिलो ठूलो दल बन्न सफल भएको छ। विघटनपछि बाँकी सांसदहरूको आधारमा माओवादी केन्द्रका १७ जना सांसदहरूले पहिलो स्थान हासिल गरेका छन्। यो विकासले नेपालको राजनीतिमा नयाँ अध्याय सुरु गरेको छ। विघटनअघि नेकपा (एमाले) र नेपाली कांग्रेसबीच सत्ताको घमासान चलिरहेको थियो, तर आन्दोलनको चर्को दबाबले ओली सरकार ढलेको हो। अब बाँकी सांसदहरूको हिसाबले नेपाली कांग्रेस १६ सांसदसहित दोस्रो, नेकपा (एमाले) १० सांसदसहित तेस्रो र जनता समाजवादी पार्टी (जसपा) वा एकीकृत समाजवादी पार्टी ८ सांसदसहित चौथो स्थानमा रहेको छ। नेपालमा भड्किएको जेन–जेड आन्दोलनले भ्रष्टाचार, आर्थिक संकट र सामाजिक सञ्जालमा प्रतिबन्ध जस्ता मुद्दामा सरकारविरुद्ध चर्को विरोध गरेको थियो। आन्दोलनमा युवाहरूको ठूलो सहभागिता थियो, जसले काठमाडौं लगायतका सहरहरूमा हिंसात्मक प्रदर्शनहरू निम्त्यायो। प्रदर्शनकारीहरूले सरकारी भवनहरूमा आगो लगाउने र नेताहरूका घरहरूमा आक्रमण गर्ने गरेका थिए। यस घटनाक्रममा कम्तीमा २२ जनाको ज्यान गएको थियो। प्रधानमन्त्री ओलीले मङ्गलबार राजीनामा दिएपछि नेपाल सेनाले सडकहरूमा नियन्त्रण कायम गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ६१ बमोजिम प्रतिनिधि सभा विघटन गरी अन्तरिम सरकार गठनको प्रक्रिया अघि बढाएकी छन्। यसबीच, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीको रूपमा नियुक्ति दिइएको छ, जसले शपथ ग्रहण गरी सरकारको नेतृत्व गर्ने अपेक्षा गरिएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो अवस्थालाई स्वागत गर्दै पार्टीको नेतृत्वमा नयाँ स्थिरता आउने बताएका छन्। उनले भदौ २५ गतेको एउटा बयानमा भनेका थिए, “यो विघटनले जनताको आवाजलाई सम्मान गरेको छ। हामीले अब नयाँ निर्वाचन र सुधारको लागि प्रतिबद्धता जनाउँछौं।”

अन्तर्वार्ता

भैरहवामा मङ्सिर ३ देखि सातौं लुम्बिनी महोत्सव

Loading

रोहिणी, १२ कार्तिक । उद्योग व्यापार सङ्गठन रूपन्देहीको आयोजनामा भैरहवामा सातौं लुम्बिनी महोत्सव मङ्सिर ३ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने भएको छ। ‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवर्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवले स्थानीय उत्पादनको प्रवर्धन, पर्यटन विकास र मनोरञ्जनलाई प्राथमिकता दिएको छ। सङ्गठनका अध्यक्ष सचिन रोक्काले पत्रकार सम्मेलनमा जानकारी दिँदै विगतका महोत्सवको तुलनामा यस वर्ष दर्शकलाई आकर्षित गर्न समयानुकूल नवीन कार्यक्रम समावेश गरिएको बताए। “स्थानीयदेखि राष्ट्रियस्तरका कलाकारहरूको गीत–सङ्गीतले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछ,” उनले भने। महोत्सवको सबैभन्दा ठूलो आकर्षण भियतनामबाट आमन्त्रित महिलाहरूको जलपरी प्रदर्शन रहनेछ। जलपरीको पोशाकमा पानीभित्र रहेर दर्शकलाई मनोरञ्जन दिने यो प्रदर्शनले महोत्सवलाई अन्तर्राष्ट्रिय स्वाद दिनेछ। त्यसैगरी कृषि प्रदर्शनी र फिस टनेल पनि दर्शकको रोजाइ बन्ने आयोजकको विश्वास छ। “सबैको सहयोग र उपस्थितिले महोत्सव सफल बनाउन अपरिहार्य छ,” अध्यक्ष रोक्काले आग्रह गरे। महोत्सवका उद्देश्यहरूमा अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने, उद्योग–व्यापारको प्रोत्साहन, लुम्बिनी क्षेत्रलाई पर्यटकीय हबका रूपमा विकास गर्ने, कृषि क्षेत्रको आधुनिकरण, हस्तकलाको बजार विस्तार, रोजगारी सिर्जना, लुम्बिनी–देवदह–तिलौराकोट–रामग्रामजस्ता पर्यटकीय स्थलको प्रचार–प्रसार र कम लागतमा उत्पादन वृद्धिका लागि नयाँ प्रविधिको जानकारी प्रवाह रहेका छन्। महोत्सवमा स्थानीय तथा राष्ट्रिय नेपाली, थारु र भोजपुरी भाषी कलाकारहरूको प्रस्तुति रहनेछ। सङ्गठनकी महासचिव लक्ष्मी अधिकारीले भनिन्, “कलाकारहरूको बेजोड प्रस्तुतिले मेलाको रौनक अर्कै हुनेछ।” सङ्गठनका वरिष्ठ उपाध्यक्ष राम मिलन यादवले स्थानीय तहमा ‘एक पालिका, एक उत्पादन’ नीति प्रभावकारी नभएको गुनासो गरे। उनले पालिकाको पहिचान झल्कने उत्पादनको प्रवर्धनमा पहल नभएको बताए। महोत्सवमा २५० स्टल रहनेछन् र सिद्धार्थ नगरपालिका वडा नं. ८, अञ्चलपुरमा आयोजना हुनेछ। अनुमानित खर्च १ करोड ३२ लाख रहेको आयोजकले जनाएको छ। महोत्सवले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने र स्वदेशी उत्पादनको सम्मान बढाउने अपेक्षा गरिएको छ।

खेलकुद

एनपीएल सिजन २ : मार्क वाटले हाने पहिलो शतक

Loading

काठमाडौँ — नेपाल प्रिमियर लिग सिजन २ मा कर्णाली याक्सका ओपनर मार्क वाटले पहिलो शतक प्रहार गरेका छन् । लुम्बिनी लायन्सविरुद्ध १५७ रनको लक्ष्य पछ्याउने क्रममा वाटले कर्णालीका लागि शतक प्रहार गरे । उनले ४१ बलमा १० छक्का र ६ चौकाको सहयोगमा शतक पूरा गरे । जारी सिजनमा हालसम्म एकै खेलमा धेरै रन पनि कर्णाली याक्सकै खेलाडी प्रियांक पाञ्चालको नाममा थियो । उनले पहिलो खेलमा चितवन राइनोजविरुद्ध ९० रन प्रहार गरेका थिए । पहिलो खेलमा खासै नचलेका वाटले दोस्रो खेलमा उत्कृष्ट कमब्याक गर्दै आक्रामक ब्याटिङ गरेका छन् ।

खेलकुद

आर्मीका खड्कालाई नेपालगन्ज म्याराथनको उपाधि

Loading

नेपालगन्ज — त्रिभुवन आर्मी क्लबका खडकबहादुर खड्काले ११औं नेपालगन्ज म्याराथनको उपाधि जितेका छन् । उनले लगातार दोस्रो र समग्रमा तेस्रो पटक यो उपाधि जितेका हुन्। शनिबार भएको प्रतिस्पर्धामा महिला हाफ म्याराथनमा त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले पहिलो स्थान हासिल गरिन्। खड्काले नगद दुई लाख, पदक, प्रमाणपत्र र ट्रफी पाउनेछन् । न्यौपानले भने नगद ७५ हजार, पदक, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछिन् । पुरुष खुल्ला म्याराथन (४२.१९५ किमि) तर्फ दोस्रो हुनेलाई एक लाख, तेस्रोलाई ३० हजार, चौथोलाई २५ हजार, पाँचौंलाई १५ हजार, छैटौंलाई १० हजार नगदले पुरस्कृत गरिनेछ ।

खेलकुद

आठौं मन्थली नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि मन्थली माविलाई

Loading

रामेछाप — आठौं मन्थली नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड–२०८२ को उपाधि मन्थली माध्यमिक विद्यालयले जितेको छ ।  मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा मंसिर ४ देखि ६ गतेसम्म मन्थली माविको खेलमैदानमा सम्पन्न प्रतियोगितामा ३४ स्वर्ण, २९ रजत र १७ कांस्यसहित जम्मा ८० पदक जित्दै मन्थली मावि उत्कृष्ट विद्यालयका रूपमा उभिएको हो । त्यसैगरी, ११ स्वर्ण, १४ रजत र १६ कांस्यसहित ४१ पदक जित्न सफल तामाकोशी इङ्ग्लिस बोर्डिङ स्कुल मन्थली दोस्रो स्थानमा रह्यो । ७ स्वर्ण, ३ रजत र ६ कांस्यसहित १६ पदक हात पारेको कर्कलादेवी इङ्ग्लिस बोर्डिङ स्कुल मन्थली तेस्रो बन्यो । विजेता मन्थली माविले नगद ४० हजारसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । दोस्रो तामाकोशी बोर्डिङ स्कुलले २५ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र हात पार्‍यो भने तेस्रो कर्कलादेवी बोर्डिङ स्कुलले १५ हजार रुपैयाँसहित शिल्ड, ट्रफी र मेडल प्राप्त गर्‍यो । ४ स्वर्ण, ७ रजत र ५ कांस्यसहित १६ पदक जितेको निलकण्ठेश्वर मावि कठजोरले नगद ५ हजारसहित सान्त्वना पुरस्कारमा चित्त बुझायो । ३ स्वर्ण, ५ रजत र ६ कांस्यसहित १४ पदक हात पारेको भैरवी मावि सुनारपानी पाँचौँ स्थानमा रह्यो ।

खेलकुद

विराटनगरविरुद्ध काठमाडौंको कमजोर ब्याटिङ

Loading

काठमाडौँ — काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शनिबारको दोस्रो खेलमा कमजोर ब्याटिङ गर्दै विराटनगर किंग्सलाई १ सय ३५ रनको मात्र लक्ष्य दिएको छ । टस हारेपछि ब्याटिङको निम्तो पाएको काठमान्डुले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा निर्धारित २० ओभर खेली ६ विकेट गुमाई १ सय ३४ रनमात्र बनाउन सक्यो । काठमान्डुबाट आदिल अलाम अन्सारीले अविजित ४८ रन बनाए । उनले २५ बलको सामना गर्दै ४ चौका र २ छक्का प्रहार गरे । जसको कारण काठमान्डुले अन्तिम ५ ओभरमा १ विकेट गुमाई ६३ रन जोडेर हेर्न लायक स्कोर बनाउन सकेको थियो । पावर प्लेको पहिलो ६ ओभरमा काठमान्डुले ३ विकेट गुमाई २२ रनमात्र बनाउन सकेको थियो । टोलीले केवल ६ चौका र ५ छक्का प्रहार गर्न सकेको थियो ।

खेलकुद

साँवा थलङमा चासोक तङनाम खुला फुटबल हुँदै

Loading

ताप्लेजुङ — लिम्बू समुदायको प्रमुख पर्व चासोक तङनामको अवसरमा मंसिर १८ गतेदेखि मिक्वाखोला गाउँपालिका ४ साँवामा खुला फुटबल प्रतियोगिता आयोजना गरिएको छ । थलङ स्पोर्टिङ क्लबको आयोजनामा हुने प्रतियोगितामा विजेताले १ लाख ५२ हजार र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउने क्लबका अध्यक्ष मणिकुमार थलङले जानकारी दिए । विधागत पुरस्कारतर्फ बेस्ट किपर, बेस्ट डिफेन्डर, बेस्ट प्लेयर, हाइ स्कोररले पाँच हजारका दरले पुरस्कार पाउने छन् । हरेक खेलका म्यान अफ द म्याचलाई दुई हजारका दरले पुरस्कार दिइने छ । जिल्लाको पर्यटकीय स्थल फुङफुङेको प्रचारका लागि र चासोक तङनाम पर्वको प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ । गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की, राष्ट्रिय रेफ्री तथा खेल संयोजक विके थलङ सहितको उपस्थितिमा शनिबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको जानकारी गराइएको हो ।

खेलकुद

सन्तोषी र राजन गरिमा रोड रेस च्याम्पियन

Loading

काठमाडौँ — ओलम्पियन धाविका धादिङकी सन्तोषी श्रेष्ठ र आर्मीका धावक राजन रोकायाले शनिबार दोस्रो गरिमा रोड रेसमा उपाधि जितेका छन् । रेस १० किलोमिटर दूरीमा भएको थियो ।  ओलम्पियन धाविका सन्तोषीले निर्धारित दूरी ३४ मिनेट ५४.४ सेकेन्डमा पार गरिन् । पहिलो संस्करणमा पनि सन्तोषी विजेता भएकी थिइन् । ३५ मिनेट १५.३ सेकेन्डमा आर्मीकी निशा मजाकोटी दोस्रो र ३६ मिनेट २१.३ सेकेन्डमा आर्मीकै सिर्जना पाण्ड्ये तेस्रो भए । आर्मीकी निर्मला केसी चौथो र एपीएफकी आशा रावत पाँचौं स्थानमा रहे । राजनले निर्धारित दूरी २९ मिनेट १२.१२ सेकेन्डमा पूरा गरे । गत संस्करणका विजेता आर्मीकै मुकेशबहादुर पाल २९ मिनेट ५०.९२ सेकेन्डसहित दोस्रो भए । आर्मीकै सञ्जय श्रेष्ठले ३० मिनेट ०५.०० सेकेन्डमा तेस्रो स्थानमा हात पारे । आर्मीका गणेशसिंह रावत र नरेन्द्रसिंह रावत क्रमशः चौथो र पाँचौं भए । दुवैतर्फ शीर्ष ५ स्थान हात पार्नेले क्रमशः ५० हजार, ३५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार पाए ।

मनोरञ्जन

विधायन व्यवस्थापन समितिमा उठ्यो सेन्सरदेखि विकास बोर्ड लचिलो बनाउने मुद्दा

Loading

काठमाडौँ — ‘चलचित्र विधेयक २०८१’माथि संशोधन गर्नुपर्ने विषय विधायन व्यवस्थापन समितिमा उठेको छ । बुधबार सरकार र सांसदबीच बसेको सैद्धान्तिक छलफलमा सेन्सर, विकास बोर्डदेखि फिल्मसँग सम्बन्धित थुप्रै विषयमा संशोधन आवश्यक भएको विषय उठेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विधेयक १० प्रतिशतले पनि समय सापेक्ष नभएको बताएसँगै बैठकमा उपस्थित अधिकांशले सांसदले विधेयक संशोधनको विषय उठाएका हुन् । बेदुराम भूसालले जुन उद्देश्यले विधेयक ल्याइएको हो त्यो पूरा नहुने हुँदा संशोधन आवश्यक रहेको बताए । ‘सैद्धान्तिक रुपले हेर्दा यो विधेयक जुन उदेश्यले ल्याइएको हो त्यो उदेश्य पूरा गर्नका निम्ति पर्याप्त छैन,’उनले भने,’त्यसैले यसलाई कसरी परिमार्जन गर्न सकिन्छ भन्ने हो । ५३ दफाको विधेयकमा १ सय ९९ वटा संशोधन छ ।’ राजेन्द्रलक्ष्मी गैरेले संशोधनका लागि गहिरो छलफल र सम्बन्धित विषयमा विज्ञता नै हासिल गरेको हुनुपर्ने धारणा राखिन् । ‘जति संशोधन हामीले यहाँ ल्याएका छौं । त्यही शब्दहरु पनि मिलेको छ कि छैन भनेर संशोधनमा केन्द्रित हुनुपर्छ,’ उनले भनिन् । मदनकुमारी शाहले फिल्म क्षेत्रलाई उद्योगका रुपमा विकास गर्न आवश्यक नीति नै आफूहरुले बनाउनुपर्ने विचार राखिन् । ‘चाहे त्यो फिल्म होस्, पर्यटन होस्, हामी हरेक क्षेत्रलाई उद्योगका रुपमा विकास गर्न चाहन्छौं । त्यसैले नीति बनाउँदा कसरी उद्योगको रुपमा विकास गर्न सक्छौं भन्ने कुरा ध्यानमा राखेर विधेयकलाई अगाडि बढाउनुपर्छ,’ उनले भनिन् । अहिलेको विधेयकले प्रविधि, विकास र उद्योगका सवाल नसमेटिएकै कारण दफावार छलफल गरेर त्यसलाई समृद्ध बनाउनुपर्ने शाहको विचार छ । कृष्णबहादुर रोकायाले विसं २०२६ मा बनेको चलचित्र ऐनलाई समय सापेक्ष बनाउन यो विधेयक ल्याइएको बताए । अहिलेको विधेयकमा आदिवासी, जनजाति र विभिन्न मातृभाषी फिल्मका सवाल नजोडिएको रोकायाले तर्क प्रस्तुत गरे । कानुन यथास्थितिवादी भए पनि फिल्म क्षेत्र उद्योगको रुपमा विकास भइसकेको अर्का सांसद सुरेशकुमार आलेमगरले जनाए । उनले नेपाललाई छायांकन स्थलका रुपमा विकास गर्नुपर्ने तर्क पेस गरे । ‘हाम्रो देशको भूभागलाई विदेशी फिल्म छायांकन गर्ने स्थलका रुपमा विकास गर्नुपर्छ । नेपालको फिल्म उद्योग ४ करोडको होला । तर, नेपालको सौन्दर्यलाई छायांकनका लागि प्रयोग गर्न सक्छौं । यो विधेयकले त्य

Scroll to Top