Bhairahawa Khabar

Loading

भारतीय दूतावासले शुक्रबार काठमाडौँमा गरेको एआईसम्बन्धी कार्यक्रममा अधिकारीहरूले डिजिटल सार्वजनिक पूर्वाधार (डीपीआई) र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता क्षेत्रमा सहकार्य बढाउने प्रतिबद्धता पनि व्यक्त गरे । 

काठमाडौँ — नेपाल र भारतका उच्च अधिकारीहरूले दुई देशबीच रहेको ऐतिहासिक, सांस्कृतिक र जनता–जनताबीचको सम्बन्ध विस्तार गर्दै अब डिजिटल डोमेनमा पनि सहकार्य अघि बढाउनुपर्नेमा जोड दिएका छन् । काठमाडौंमा शुक्रबार भारतीय दूतावासले आयोजना गरेको एआईसम्बन्धी कार्यक्रममा अधिकारीहरूले डिजिटल सार्वजनिक पूर्वाधार (डीपीआई) र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता क्षेत्रमा सहकार्य बढाउने प्रतिबद्धता पनि व्यक्त गरे । 

भारत र नेपालको समाज, संस्कृति, परम्परा र बलियो सम्बन्धका कारण डिजिटल डोमेनमा सहकार्य गर्नु अत्यन्त स्वाभाविक हुने नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको धारणा छ । डिजिटल सहयोगको बृहत्तर डोमेनमा सरकार र संस्थाहरूलाई सहकार्य गर्न अनुमति दिने गरी सरकारीस्तरमा एउटा समझदारीपत्र (एमओयू) गर्न सकिने उनको भनाइ छ ।

‘भारतमा सफल भएका एआई मोडलहरू विकासोन्मुख देश र विशेष गरी नेपालमा प्रयोग गर्न सकिन्छ र भारतले ‘छिमेक पहिलो’ नीतिअन्तर्गत नेपालसँग काम गर्न खोजिरहेको छ,’ उनले भने, ‘भारतले पछिल्लो तीन वर्षदेखि नेपाल र भारतबीच सहकार्यका लागि प्लाटफर्म सिर्जना गर्ने प्रयास गरिरहेको छ ।’ भारतको युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) नेपालमा उपलब्ध गराएपछि भारतीय पर्यटकको संख्या बढेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

भैरहवामा सिनेमा संस्कृतिको नयाँ अध्याय : INI Cinemas ले खोल्यो अन्तर्राष्ट्रिय अनुभवको ढोका

भैरहवामा १ अर्ब १२ करोडको ‘होटल स्वीट पूर्णिमा’ निर्माणाधीन, लर्ड्स प्लाजासँग व्यवस्थापन सम्झौता

योङ्ग ब्वाइज एफसी देवदह च्याम्पियन: ३१औं माछापुछ्रे कप २०८३ को उपाधि २–१ गोल अन्तर

पेनाल्टी सुटआउटमा भैरव एफ.सी.लाई हराउँदै देवदह ब्वाइज एफ.सी. फाइनलमा

पेनाल्टीमा भैरव एफ.सी.को शानदार जित, विज्ञान गुरुङ बने म्यान अफ द म्याच

रोहिणी गाउँपालिकाद्वारा पशुपालक किसानलाई निशुल्क औषधि र घाँसको बिउ वितरण

ऊर्जामन्त्री घिसिङले तलबभत्ता र सुविधा नलिने, बक्यौता रकम उठाउने निर्णय

रुपन्देही–३ को उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द

मर्चवारी गाउँपालिकाको नाम परिवर्तन गरी ‘मर्चवारीमाई गाउँपालिका’, केन्द्र रायपुरबाट खैरा सारियो

क्रोएशियाको ओपुजेनको सुन्तला खेती र बजार

ट्रेन्डडिंग

Scroll to Top