Bhairahawa Khabar

Loading

कमाण्डका संयोजक तोकिएका पुष्पराज श्रेष्ठविरुद्ध २०६५ देखि २०७५ सम्म ७ मुद्दा दर्ता भएको प्रहरी अभिलेख रहेको छ।

काठमाडौँ — एमालेको ‘नेसनल भोलिन्टियर फोर्स’ का केन्द्रीय कमान्ड प्रमुख पुष्पराज श्रेष्ठ फौजदारी मुद्दाका पटके अभियुक्त भएको खुलेको छ । प्रहरीको ‘क्रिमिनल रेकर्ड सिस्टम’ (सीआरएस) अनुसार उनीविरुद्ध २०६५ देखि २०७५ सम्म ७ वटा मुद्दा दर्ता भएका छन् । 

पछिल्लो पटक भदौ २०७५ मा उनी अपहरण तथा शरीर बन्धकमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए । ओखलढुंगाको सिद्धिचरण–४ घर भई काठमाडौंको धुम्बाराही बस्दै आएका रामबहादुर कटुवालले आफूलाई धम्की दिएको भन्दै उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको थियो ।

उनीमाथि ४ पुस २०७३ मा गणेशकुमार कुँवरलाई बन्धक बनाएर रकम लुटपाट गरेको अभियोगमा समेत अनुसन्धान भएको थियो । कुँवरलाई डेरामा लगेर जबर्जस्ती ११ लाख रुपैयाँ बराबरको चेकसमेत काट्न लगाएको पाइएको थियो । त्यसबेला उनी माओवादीनिकट योङ कम्युनिस्ट लिग (वाईसीएल) को सिन्धुली जिल्ला अध्यक्ष थिए । माओवादी र एमाले मिलेर नेकपा बनेयता उनी एमालेमै रहे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

भैरहवामा सिनेमा संस्कृतिको नयाँ अध्याय : INI Cinemas ले खोल्यो अन्तर्राष्ट्रिय अनुभवको ढोका

भैरहवामा १ अर्ब १२ करोडको ‘होटल स्वीट पूर्णिमा’ निर्माणाधीन, लर्ड्स प्लाजासँग व्यवस्थापन सम्झौता

योङ्ग ब्वाइज एफसी देवदह च्याम्पियन: ३१औं माछापुछ्रे कप २०८३ को उपाधि २–१ गोल अन्तर

पेनाल्टी सुटआउटमा भैरव एफ.सी.लाई हराउँदै देवदह ब्वाइज एफ.सी. फाइनलमा

पेनाल्टीमा भैरव एफ.सी.को शानदार जित, विज्ञान गुरुङ बने म्यान अफ द म्याच

रोहिणी गाउँपालिकाद्वारा पशुपालक किसानलाई निशुल्क औषधि र घाँसको बिउ वितरण

ऊर्जामन्त्री घिसिङले तलबभत्ता र सुविधा नलिने, बक्यौता रकम उठाउने निर्णय

रुपन्देही–३ को उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द

मर्चवारी गाउँपालिकाको नाम परिवर्तन गरी ‘मर्चवारीमाई गाउँपालिका’, केन्द्र रायपुरबाट खैरा सारियो

क्रोएशियाको ओपुजेनको सुन्तला खेती र बजार

ट्रेन्डडिंग

Scroll to Top