काठमाडौँ — कलाकार र राजनीतिक दलको साइनो पुरानै हो । के नयाँ, के पुराना, धेरैजसो कलाकार कुनै न कुनै दलको छातामुनि पुगेकै छन् ।

जेन-जी विद्रोहपछिको परिदृश्यमा पनि दलको छातामुनि नपुगेका बाँकी कलाकार पनि धमाधम नयाँ दल प्रवेशमा लागेका छन् ।
कलाकारहरू किन दलको छातामुनि पुग्छन् ? के उनीहरूको राजनीतिक सक्रियताले कला क्षेत्रलाई फरक पार्छ ? राजनीतिक दलहरू गम्भीर प्रश्न र आत्मसमीक्षाको चौबाटोमा उभिरहेका बेला दलमा लागेका कलाकारहरू दलगत सुधारका विषयमा के भन्छन् त ?
हामीले यही विषयमा विमर्श गर्न नेपाली कांग्रेसमार्फत राजनीतिमा सक्रिय मीनबहादुर भाम र राप्रपामा सक्रिय रेखा थापा र एमाले राजनीतिमा सक्रिय कोमल वलीसँग कुराकानी गरेका छौं ।
