Bhairahawa Khabar

Loading

प्राकृतिक स्रोत उत्खनन तथा उपयोग, सार्वजनिक सम्पत्ति व्यवस्थापन र राजस्व संकलनका ठूला कारोबारमा रहेको भ्रष्टाचारले समावेशी विकासमा ठूलो अवरोध सिर्जना गरेको छ । 

आर्थिक सहायता तथा विकासका क्षेत्रमा अध्ययन अनुसन्धान र पैरवी गर्ने संस्था (ओईसीडी) ले सन् २०१६ मा प्रकाशन गरेको भ्रष्टाचारको मूल्य शृंखलासम्बन्धी प्रतिवेदनले अफ्रिका र एसियाका विकासोन्मुख देशहरूमा यस्तो प्रवृत्ति उच्च रहेको देखाएको छ ।

प्रतिवेदनले प्राकृतिक स्रोत उत्खनन तथा उपयोग, सार्वजनिक सम्पत्ति व्यवस्थापन र राजस्व संकलनका ठूला कारोबारमा भ्रष्टाचारको तहगत सञ्जालले समावेशी विकासको ठूलो अवरोध सिर्जना गरेको औंल्याएको छ । ओईसीडीकै अन्तर्राष्ट्रिय घूस (फरेन ब्राइबरी) नामक प्रतिवेदनमा भ्रष्टाचारको मूल्य शृंखलाले गर्दा विदेशी लगानीको लागत बढ्ने र आम्दानीको ठूलो हिस्सा गुम्ने गरेको उल्लेख छ । विदेशी लगानीकर्तामाझ त्यस्तो थप लागत ‘भ्रष्टाचार कर’ का नामले परिचित छ ।

अध्ययनअनुसार भ्रष्टाचार कर पाँचमध्ये एक घटना जल, जंगल, जमिन र वायुमण्डलको उपयोगसँग सम्बन्धित उद्योग व्यवसायको (अनुमति, भोगाधिकार, रोयल्टी आदि) का क्रममा हुने गर्दछ । नेपालमा पनि प्राकृतिक स्रोत उपयोगका क्षेत्रमा हुने आन्तरिक वा विदेशी उद्योगमा देखिने उच्च लगानीको कारक त्यस्तै भ्रष्टाचार कर भएको आकलनलाई पुष्टि गर्न मद्दत पुग्दछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

भैरहवामा सिनेमा संस्कृतिको नयाँ अध्याय : INI Cinemas ले खोल्यो अन्तर्राष्ट्रिय अनुभवको ढोका

भैरहवामा १ अर्ब १२ करोडको ‘होटल स्वीट पूर्णिमा’ निर्माणाधीन, लर्ड्स प्लाजासँग व्यवस्थापन सम्झौता

योङ्ग ब्वाइज एफसी देवदह च्याम्पियन: ३१औं माछापुछ्रे कप २०८३ को उपाधि २–१ गोल अन्तर

पेनाल्टी सुटआउटमा भैरव एफ.सी.लाई हराउँदै देवदह ब्वाइज एफ.सी. फाइनलमा

पेनाल्टीमा भैरव एफ.सी.को शानदार जित, विज्ञान गुरुङ बने म्यान अफ द म्याच

रोहिणी गाउँपालिकाद्वारा पशुपालक किसानलाई निशुल्क औषधि र घाँसको बिउ वितरण

ऊर्जामन्त्री घिसिङले तलबभत्ता र सुविधा नलिने, बक्यौता रकम उठाउने निर्णय

रुपन्देही–३ को उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द

मर्चवारी गाउँपालिकाको नाम परिवर्तन गरी ‘मर्चवारीमाई गाउँपालिका’, केन्द्र रायपुरबाट खैरा सारियो

क्रोएशियाको ओपुजेनको सुन्तला खेती र बजार

ट्रेन्डडिंग

Scroll to Top