भैरहवा, साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले नेपाल भारत सीमाक्षेत्र बेलहियामा पुगेर ट्राफिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
सीमाक्षेत्रमा ट्राफिक व्यवस्थापन गर्नका लागि ट्राफिक प्रहरी भन्सार विन्दुमा नै पुगेर सचेतना तथा सरोकारवाला निकाय संग छलफल गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही र रुपन्देही भन्सार एजेन्ट संघको सयूक्त आयोजनामा बुधवार ट्राफिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरिएपछि स्थानीयहरुले समेत खुसी व्यक्त गरेका छन् ।
लामो समय देखि भन्सार विन्दुमा ट्राफिक व्यवस्थापनमा समस्या आउने गरेको गुनासाहरु आउने गरेपछि ट्राफिक प्रहरीले सर्वपक्षिय छलफल गरेको देखिन्छ ।
भैरहवा खबर
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
😀
0
😍0
😢0
😡0
👍0
👎0
