Bhairahawa Khabar

Loading

रामेछाप — आठौं मन्थली नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड–२०८२ को उपाधि मन्थली माध्यमिक विद्यालयले जितेको छ । 

मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा मंसिर ४ देखि ६ गतेसम्म मन्थली माविको खेलमैदानमा सम्पन्न प्रतियोगितामा ३४ स्वर्ण, २९ रजत र १७ कांस्यसहित जम्मा ८० पदक जित्दै मन्थली मावि उत्कृष्ट विद्यालयका रूपमा उभिएको हो ।

त्यसैगरी, ११ स्वर्ण, १४ रजत र १६ कांस्यसहित ४१ पदक जित्न सफल तामाकोशी इङ्ग्लिस बोर्डिङ स्कुल मन्थली दोस्रो स्थानमा रह्यो । ७ स्वर्ण, ३ रजत र ६ कांस्यसहित १६ पदक हात पारेको कर्कलादेवी इङ्ग्लिस बोर्डिङ स्कुल मन्थली तेस्रो बन्यो ।

विजेता मन्थली माविले नगद ४० हजारसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । दोस्रो तामाकोशी बोर्डिङ स्कुलले २५ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र हात पार्‍यो भने तेस्रो कर्कलादेवी बोर्डिङ स्कुलले १५ हजार रुपैयाँसहित शिल्ड, ट्रफी र मेडल प्राप्त गर्‍यो । ४ स्वर्ण, ७ रजत र ५ कांस्यसहित १६ पदक जितेको निलकण्ठेश्वर मावि कठजोरले नगद ५ हजारसहित सान्त्वना पुरस्कारमा चित्त बुझायो । ३ स्वर्ण, ५ रजत र ६ कांस्यसहित १४ पदक हात पारेको भैरवी मावि सुनारपानी पाँचौँ स्थानमा रह्यो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

भैरहवामा सिनेमा संस्कृतिको नयाँ अध्याय : INI Cinemas ले खोल्यो अन्तर्राष्ट्रिय अनुभवको ढोका

भैरहवामा १ अर्ब १२ करोडको ‘होटल स्वीट पूर्णिमा’ निर्माणाधीन, लर्ड्स प्लाजासँग व्यवस्थापन सम्झौता

योङ्ग ब्वाइज एफसी देवदह च्याम्पियन: ३१औं माछापुछ्रे कप २०८३ को उपाधि २–१ गोल अन्तर

पेनाल्टी सुटआउटमा भैरव एफ.सी.लाई हराउँदै देवदह ब्वाइज एफ.सी. फाइनलमा

पेनाल्टीमा भैरव एफ.सी.को शानदार जित, विज्ञान गुरुङ बने म्यान अफ द म्याच

रोहिणी गाउँपालिकाद्वारा पशुपालक किसानलाई निशुल्क औषधि र घाँसको बिउ वितरण

ऊर्जामन्त्री घिसिङले तलबभत्ता र सुविधा नलिने, बक्यौता रकम उठाउने निर्णय

रुपन्देही–३ को उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द

मर्चवारी गाउँपालिकाको नाम परिवर्तन गरी ‘मर्चवारीमाई गाउँपालिका’, केन्द्र रायपुरबाट खैरा सारियो

क्रोएशियाको ओपुजेनको सुन्तला खेती र बजार

ट्रेन्डडिंग

Scroll to Top