Bhairahawa Khabar

Loading

ताप्लेजुङ — लिम्बू समुदायको प्रमुख पर्व चासोक तङनामको अवसरमा मंसिर १८ गतेदेखि मिक्वाखोला गाउँपालिका ४ साँवामा खुला फुटबल प्रतियोगिता आयोजना गरिएको छ ।

थलङ स्पोर्टिङ क्लबको आयोजनामा हुने प्रतियोगितामा विजेताले १ लाख ५२ हजार र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउने क्लबका अध्यक्ष मणिकुमार थलङले जानकारी दिए ।

विधागत पुरस्कारतर्फ बेस्ट किपर, बेस्ट डिफेन्डर, बेस्ट प्लेयर, हाइ स्कोररले पाँच हजारका दरले पुरस्कार पाउने छन् । हरेक खेलका म्यान अफ द म्याचलाई दुई हजारका दरले पुरस्कार दिइने छ ।

जिल्लाको पर्यटकीय स्थल फुङफुङेको प्रचारका लागि र चासोक तङनाम पर्वको प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ । गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की, राष्ट्रिय रेफ्री तथा खेल संयोजक विके थलङ सहितको उपस्थितिमा शनिबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको जानकारी गराइएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

भैरहवामा सिनेमा संस्कृतिको नयाँ अध्याय : INI Cinemas ले खोल्यो अन्तर्राष्ट्रिय अनुभवको ढोका

भैरहवामा १ अर्ब १२ करोडको ‘होटल स्वीट पूर्णिमा’ निर्माणाधीन, लर्ड्स प्लाजासँग व्यवस्थापन सम्झौता

योङ्ग ब्वाइज एफसी देवदह च्याम्पियन: ३१औं माछापुछ्रे कप २०८३ को उपाधि २–१ गोल अन्तर

पेनाल्टी सुटआउटमा भैरव एफ.सी.लाई हराउँदै देवदह ब्वाइज एफ.सी. फाइनलमा

पेनाल्टीमा भैरव एफ.सी.को शानदार जित, विज्ञान गुरुङ बने म्यान अफ द म्याच

रोहिणी गाउँपालिकाद्वारा पशुपालक किसानलाई निशुल्क औषधि र घाँसको बिउ वितरण

ऊर्जामन्त्री घिसिङले तलबभत्ता र सुविधा नलिने, बक्यौता रकम उठाउने निर्णय

रुपन्देही–३ को उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द

मर्चवारी गाउँपालिकाको नाम परिवर्तन गरी ‘मर्चवारीमाई गाउँपालिका’, केन्द्र रायपुरबाट खैरा सारियो

क्रोएशियाको ओपुजेनको सुन्तला खेती र बजार

ट्रेन्डडिंग

Scroll to Top