![]()
काठमाडौँ — ओलम्पियन धाविका धादिङकी सन्तोषी श्रेष्ठ र आर्मीका धावक राजन रोकायाले शनिबार दोस्रो गरिमा रोड रेसमा उपाधि जितेका छन् । रेस १० किलोमिटर दूरीमा भएको थियो ।

ओलम्पियन धाविका सन्तोषीले निर्धारित दूरी ३४ मिनेट ५४.४ सेकेन्डमा पार गरिन् । पहिलो संस्करणमा पनि सन्तोषी विजेता भएकी थिइन् । ३५ मिनेट १५.३ सेकेन्डमा आर्मीकी निशा मजाकोटी दोस्रो र ३६ मिनेट २१.३ सेकेन्डमा आर्मीकै सिर्जना पाण्ड्ये तेस्रो भए । आर्मीकी निर्मला केसी चौथो र एपीएफकी आशा रावत पाँचौं स्थानमा रहे ।
राजनले निर्धारित दूरी २९ मिनेट १२.१२ सेकेन्डमा पूरा गरे । गत संस्करणका विजेता आर्मीकै मुकेशबहादुर पाल २९ मिनेट ५०.९२ सेकेन्डसहित दोस्रो भए । आर्मीकै सञ्जय श्रेष्ठले ३० मिनेट ०५.०० सेकेन्डमा तेस्रो स्थानमा हात पारे । आर्मीका गणेशसिंह रावत र नरेन्द्रसिंह रावत क्रमशः चौथो र पाँचौं भए ।
दुवैतर्फ शीर्ष ५ स्थान हात पार्नेले क्रमशः ५० हजार, ३५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार पाए ।