Bhairahawa Khabar

भैरहवा । सिद्धार्थनगर नगरपालिका–४, लुम्बिनी रोडस्थित होटल समृद्धिमा बुधबार आयोजित एक कार्यक्रमबीच निर्माणाधीन ‘होटल स्वीट पूर्णिमा’ को व्यवस्थापनका लागि होटल स्वीट पूर्णिमा प्रालि र लर्ड्स प्लाजाबीच औपचारिक सम्झौता भएको छ।

सम्झौतापत्रमा होटल स्वीट पूर्णिमा प्रालिका सञ्चालक रामबहादुर थापा तथा लर्ड्स प्लाजाका सहायक उपाध्यक्ष शैलेश नरेन्द्र टेरीले हस्ताक्षर गरेका छन्। कार्यक्रममा शेयर सदस्य वासु बराल, एनएमबी बैंकका एरिया म्यानेजर प्रभात सिंह खाती, शाखा प्रबन्धक नवीनराज पाण्डेलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

करिब ८० हजार वर्गफिट क्षेत्रफलमा निर्माणाधीन होटल स्वीट पूर्णिमामा ९० वटा सुविधा सम्पन्न कोठा, १५ हजार वर्गफिट क्षेत्रफलमा आधुनिक क्यासिनो तथा दुई हजारभन्दा बढी व्यक्तिको सहभागिता रहने विवाह, सम्मेलन र अन्य ठूला कार्यक्रम सञ्चालन गर्न मिल्ने अत्याधुनिक बैंक्वेट हल निर्माण गरिने भएको छ। होटलका फाइनान्सियल कन्सल्टेन्ट केशव बस्यालका अनुसार परियोजनाको कुल लगानी करिब १ अर्ब १२ करोड रुपैयाँ रहनेछ।

होटल व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी लर्ड्स प्लाजाले सम्हाल्ने गरी सम्झौता गरिएको हो। निर्माण तथा आवश्यक तयारीका काम तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै सञ्चालक रामबहादुर थापाले सन् २०२७ को जुन महिनासम्म होटल सञ्चालनमा ल्याउने लक्ष्य रहेको जानकारी दिए।

लर्ड्स इन होटल एण्ड रिसोर्ट प्रालिका उपाध्यक्ष शैलेश नरेन्द्र टेरीले होटल सञ्चालनपछि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न, स्थानीय पर्यटन उद्योगलाई थप सशक्त बनाउन तथा युवायुवतीका लागि रोजगारीका अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रमका वक्ताहरूले होटल स्वीट पूर्णिमालाई रुपन्देहीको पर्यटन तथा आतिथ्य क्षेत्रको एक महत्वाकांक्षी परियोजनाका रूपमा चित्रण गर्दै यसको सञ्चालनपछि क्षेत्रीय पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधिमा वृद्धि तथा स्थानीय स्तरमा रोजगारी सिर्जनामा उल्लेखनीय योगदान पुग्ने अपेक्षा व्यक्त गरेका थिए। होटल सञ्चालनमा आएपछि भैरहवा तथा आसपासका क्षेत्रको पर्यटन र आतिथ्य व्यवसायले नयाँ गति लिने विश्वास समेत व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

भैरहवामा १ अर्ब १२ करोडको ‘होटल स्वीट पूर्णिमा’ निर्माणाधीन, लर्ड्स प्लाजासँग व्यवस्थापन सम्झौता

योङ्ग ब्वाइज एफसी देवदह च्याम्पियन: ३१औं माछापुछ्रे कप २०८३ को उपाधि २–१ गोल अन्तर

पेनाल्टी सुटआउटमा भैरव एफ.सी.लाई हराउँदै देवदह ब्वाइज एफ.सी. फाइनलमा

पेनाल्टीमा भैरव एफ.सी.को शानदार जित, विज्ञान गुरुङ बने म्यान अफ द म्याच

बिन्देको निर्णायक गोलमा योङ्ग ब्वाइज एफ.सी. विजयी

रोहिणी गाउँपालिकाद्वारा पशुपालक किसानलाई निशुल्क औषधि र घाँसको बिउ वितरण

ऊर्जामन्त्री घिसिङले तलबभत्ता र सुविधा नलिने, बक्यौता रकम उठाउने निर्णय

रुपन्देही–३ को उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द

मर्चवारी गाउँपालिकाको नाम परिवर्तन गरी ‘मर्चवारीमाई गाउँपालिका’, केन्द्र रायपुरबाट खैरा सारियो

क्रोएशियाको ओपुजेनको सुन्तला खेती र बजार

ट्रेन्डडिंग

Scroll to Top