Bhairahawa Khabar

भैरहवा ।

सिद्धार्थनगर नगरपालिका–२ स्थित पक्लिहवा कृषि क्याम्पसको खेलमैदानमा माछापुच्छ्रे क्लब को आयोजनामा सञ्चालित ३१औं माछापुछ्रे कप २०८३ अन्तर्गत जेष्ठ १२ गते सम्पन्न फाइनल खेलमा योङ्ग ब्वाइज एफसी, देवदह विजयी हुँदै च्याम्पियन बनेको छ ।

रोमाञ्चक प्रतिस्पर्धामा योङ्ग ब्वाइज एफसी, देवदहले देवदह ब्वाइज एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । खेल सुरु भएको केही मिनेटमै आक्रामक प्रदर्शन गरेको योङ्ग ब्वाइज एफसीका जर्सी नं. २५ का बिन्देले खेलको ६औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसलगत्तै जर्सी नं. १९ का मुकुन्द निउरेले ७औं मिनेटमा अर्को गोल थप्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए ।

पहिलो हाफभर दुवै टोलीबीच प्रतिस्पर्धात्मक खेल देखिएको थियो । दोस्रो हाफको १२औं मिनेटमा देवदह ब्वाइज एफसीका जर्सी नं. ३ का आशिष पुनले एक गोल फर्काउँदै खेलमा फर्कने प्रयास गरे पनि थप गोल हुन नसक्दा योङ्ग ब्वाइज एफसी विजयी बन्न सफल भयो ।

खेलको ३५औं मिनेटमा देवदह ब्वाइज एफसीका जर्सी नं. ५ का सुजीत चौधरीले रातो कार्ड पाएपछि टोली दबाबमा परेको थियो । खेलको मध्य विश्राममा सांस्कृतिक नृत्य प्रस्तुत गरी दर्शकलाई मनोरञ्जनसमेत प्रदान गरिएको थियो ।

प्रतियोगिताको विजेता योङ्ग ब्वाइज एफसी, देवदहले नगद रु. २ लाख ५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता देवदह ब्वाइज एफसीले नगद रु. १ लाख ५ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।

व्यक्तिगत विधातर्फ देवदह ब्वाइज एफसीका रोजर दाहाल ‘बेस्ट मिडफिल्डर’ घोषित हुँदै रु. ४ हजार ५ प्राप्त गर्न सफल भए । योङ्ग ब्वाइज एफसीका मुकुन्द निउरे दैनिक उत्कृष्ट खेलाडी तथा ‘बेस्ट फरवार्ड’ घोषित भए । उनले क्रमशः नगद रु. १ हजार ५ सय ५ र रु. ४ हजार ५ प्राप्त गरे ।

त्यसैगरी, योङ्ग ब्वाइज एफसीका कुमार गुरुङ ‘बेस्ट गोलकिपर’ घोषित भए भने देवदह ब्वाइज एफसीका अनीकेत इडियाले ‘बेस्ट डिफेन्डर’ अवार्ड प्राप्त गरे । प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ योङ्ग ब्वाइज एफसीका बिन्दे घोषित हुँदै रु. ७ हजार ५ सहित Lumbini Barista & Hospitality Training Pvt. Ltd. बाट थप रु. ५ हजार ५ सय ५५ नगद पुरस्कार प्राप्त गरेका थिए ।

फाइनल खेलको प्रमुख अतिथिका रूपमा सन्तोष कुमार पाण्डेय उपस्थित रहेका थिए । कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय रूपन्देहीका प्रमुख हरिबहादुर विष्ट, वडा नं. २ का अध्यक्ष छेदीलाल श्रीवास्तव, वडा नं. १३ का अध्यक्ष सोम गुरुङ, आमा समूह झण्डीबजार, आमा समूह मेउडीहवा तथा स्थानीय खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले आगामी आर्थिक वर्ष २०८३/८४ मा माछापुछ्रे कपका लागि मन्त्रालयमार्फत रु. १५ लाख बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले पक्लिहवा कृषि क्याम्पसको खेलमैदानलाई थप व्यवस्थित बनाउन आवश्यक प्रस्ताव आए प्रदेश सरकारबाट भौतिक पूर्वाधार निर्माणका लागि समेत बजेट व्यवस्थापन गरिने जानकारी दिए ।

उनले युवाहरूलाई खेलकुदमार्फत अनुशासित, सिर्जनशील र जिम्मेवार बन्न आग्रह गर्दै “युवा भनेको केवल उमेरले मात्र होइन, सोच र सिर्जनाले पनि युवा हुनुपर्छ” भन्ने धारणा राखेका थिए । साथै प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई शुभकामना व्यक्त गर्दै प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।

फाइनल खेलको मुख्य रेफ्री रुपेन गुरुङ रहेका थिए भने सहायक रेफ्रीको भूमिकामा बबी छन्त्याल, सागर शाही ठकुरी र प्रितम खड्का रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

रोहिणी गाउँपालिकाद्वारा पशुपालक किसानलाई निशुल्क औषधि र घाँसको बिउ वितरण

ऊर्जामन्त्री घिसिङले तलबभत्ता र सुविधा नलिने, बक्यौता रकम उठाउने निर्णय

रुपन्देही–३ को उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द

मर्चवारी गाउँपालिकाको नाम परिवर्तन गरी ‘मर्चवारीमाई गाउँपालिका’, केन्द्र रायपुरबाट खैरा सारियो

क्रोएशियाको ओपुजेनको सुन्तला खेती र बजार

रोहिणी गाउँपालिकाद्वारा पशुपालक किसानलाई निशुल्क औषधि र घाँसको बिउ वितरण

ऊर्जामन्त्री घिसिङले तलबभत्ता र सुविधा नलिने, बक्यौता रकम उठाउने निर्णय

रुपन्देही–३ को उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द

मर्चवारी गाउँपालिकाको नाम परिवर्तन गरी ‘मर्चवारीमाई गाउँपालिका’, केन्द्र रायपुरबाट खैरा सारियो

क्रोएशियाको ओपुजेनको सुन्तला खेती र बजार

ट्रेन्डडिंग

Scroll to Top